राजविराज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पश्चिम जाँदै गरेको स३प ३६५२ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेका २ वटा साइकललाई कन्चनरुप नगरपालिका–१२ मा ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट दुबै साइकल यात्री कञ्चनरुप–३ का ४४ वर्षीय श्यामकुमार चौधरी र वडा नम्बर ५ का २३ वर्षीय सुनिल सदा घाइते भएका छन्।
साइकललाई ठक्कर दिने मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा चालक स्थानीय २१ वर्षीय विश्वराज राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।