काठमाडौं- विशेष अदालतले सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई भ्रष्टाचारी ठहर गरेको छ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्धय रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको संयुक्त इजलाशले घिमिरेलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई २०७३ फागुन १५ गते २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। आयोगको विशेष टोलीले उनलाई एक सेवाग्राहीसँग घुस माग्दामाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।
विशेषले दोषी ठहर गरे लगत्तै घिमिरेले जागीर गुमाएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस भई अनुसन्धानका क्रममा रहेको मुद्दा सहज बनाइदिने भन्दै घुस मागेको अवस्थामा फेला पारेका थिए।
विशेषले उनलाई १५ दिन कैद सजाय हुने फैसला सुनाएको छ।
उपन्यायाधिवक्ता घिमिरेलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालत २०७३ चैतमा मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।