काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीलाई भेट्न गएका केदारभक्त माथेमालाई डा केसीले असन्तुष्टि पोखेका छन्।
केसीको स्वास्थ् अवस्था बुझ्न र अनसन तोड्नका लागि आग्रह गर्न गएका माथेमालाई डा केसीले ' के मलाई बेबकुफ सम्झनुहुन्छ' भन्दै आक्रोश पोखे।
माथेमाले डा केसीलाई आफ्नो स्वास्थबारे पुनर्विचार गर्नुस भनेर सम्झाएका थिए। प्रतिउत्तरमा डा केसीले भने, 'के मलाई बेबकुफ सम्झनुहुन्छ। खड्ग ओली र उनले ल्याएको विधेयक मेरो सास रहुन्जेल मान्दिनँ।'
अहिले माथेमा, पूर्वप्रधानन्यायाधी सुशीला कार्की लगातको टिम अर्को कोठामा बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।