• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश २ को खर्च निराशाजनक, सरकारप्रति नीति आयोग नै असन्तुष्ट  

कुल खर
64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  १६:४८
1140x725

जनकपुर – आर्थिक वर्षको छ महिना सकिइसक्दा समेत प्रदेश २ सरकारले विकास निर्माणका कार्यमा खर्च गर्न असफल देखिएको छ। सो प्रदेशले हालसम्म विनियोजित कुल बजेटको करिव ३ प्रतिशत मात्र खर्च गर्न सकेको छ। यसमा पनि अधिक हिस्सा चालू खर्च कै छ।

प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार चालु आवमा माघ ११गते सम्ममा ६वटा मन्त्रालयले चालू र पूँजीगत गरी जम्मा ५६ करोड ९७ लाख ७७ हजार ५३४ रुपैयाँमात्रै खर्च गर्न सकेका छन्। चालु आवमा १८ अर्ब ८ करोड ६७ लाख ८० हजार ९८३ रुपैयाँ बजेट विनियोजन भएको थियो। हालसम्म खर्च भएको रकम कुल बजेटको ३.१५ प्रतिशतमात्रै हो। 

सरकारले खर्चेको ३ प्रतिशत बजेटमा पनि विकास आयोजना भन्दा सेवासुविधा, सवारी साधन खरिद र भौतिक पूर्वाधारको मर्मत सम्भारकै लागि निकासा भएको छ।  सवारी साधन खरिदमा भने ३० करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरिएको छ। खरिद गरिएका केही गाडीको रकम भुक्तानी भइनसकेकाले यो शिर्षकको खर्च अझै बढी आउने देखिन्छ। त्यसैगरी मन्त्रालय  रहेका भवनहरुको मर्मत सम्भार, रंगरोगन, फर्निचर खरिद, मेशिनरी उपकरणहरुको खरिदमा केही खर्चहरु भएका छन्।

प्रदेश लेखा नियन्त्रक कार्यालयको संचित कोषमा हाल ५ अर्ब ८३ करोड रुपैयाँ संचित रहेको प्रमुख लेखा नियन्त्रक विनोद गेलालले जानकारी दिए। ‘बजेट परिचालनको अवस्था हेर्दा खासै उत्साहजनक छैन्, उनले भने,‘ पूँजीगततर्फ केही खर्च भएपनि विकास लक्षित खर्च न्यूनछ।’

प्रथम चौमासिकसम्म कार्यविधि निर्माण सम्पन्न गर्ने, अख्तियारी पठाउनेलगायतका कागजपत्र मिलाउनु पर्ने हो। दोस्राे चौमासिकमा फिल्डमा काम गर्ने र त्यसपछिको अवधिमा कागजी प्रक्रिया पूरा गरी रकम खर्चिनु पर्दछ। तर, प्रदेश २ मा हालसम्म पूँजीगत तर्फ कुल बजेटको १.२५ प्रतिशत मात्र खर्च हुन सकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश २ सरकार कार्यान्वयनमा आएको ३ फागुनमा एक वर्ष पुरा हुँदै छ। २०७४ फाल्गुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित तीन मन्त्रीले सपथग्रहण गरेका थिए। सपथग्रहण गरे लगत्तै मुख्यमन्त्रीको हैसियतबाट संघीय समाजवादी फोरमका उपाध्यक्षसमेत रहेका राउतले प्रदेशको समृद्धि र विकास आफ्नो सरकारको प्रमुख प्राथमिकता रह्ने बताएका थिए। तर सरकार कार्यान्वयनमा आएको एक वर्ष पुग्नै लाग्दा समृद्धि र विकासमा मुख्यमन्त्रीले जनाएको प्रतिवद्धता झुटोजस्तै सावित भएको छ। जनताले आश्वासन कार्यान्वयन भएको अनुभूति पनि गर्न सकेका छैनन्।

संघीय सरकारले समयमै कर्मचारी नपठाएकाले चाहनाअनुसारको काम गर्न नसकेको प्रदेश सरकारले आरोप लगाउँदै आएको छ। तर कर्मचारीकै कारणमात्र नभएर प्रदेश सरकारले प्रदेशलार्ई समृद्ध र विकसित गर्ने गरी प्रभाकारी बजेट परिचालन गर्न नसक्दा जनताले विकासको अनुभूति गर्न नसकेको अर्थ विज्ञहरु बताउँछन्। 

नीति आयोग नै असन्तुष्ट

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारको कामकारवाहीबाट प्रदेश सरकारले आफै गठन गरेको नीति आयोगका सदस्यसमेत सन्तुष्ट देखिएका छैनन्।सरकारको गति यस्तै रह्ने हो भने विकास र समृद्धि नारामा मात्र सीमित रहने आयोगका एक सदस्य बताउछन्।
विकास निर्माणका लागि प्रदेश सरकारलाई सैद्धान्तिक सल्लाह सुझाव दिन सरकारले डा.हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय नीति आयोग गठन गरेको थियो। ‘जुन रफ्तारमा सरकारले काम गर्नुपर्ने हो त्यो गर्न सकेको छैन,’ आयोगका सदस्य राजकुमार लेखीले भने, ‘हालसम्म न्युन प्रतिशत विकास बजेटमात्र खर्चिनुले पनि सरकारको गति सुस्त रहेको प्रष्ट हुन्छ।’ 

प्रदेश सरकारका सबै मन्त्रालयका कार्यक्रम वितरणमुखी रहेको लेखीको ठम्याई छ। ‘प्रदेश सरकारले वितरणमूखी बजेट ल्याएर कनिका छर्दैमा केही हुँदैन,’ लेखीले भने, ‘जनता अनुभूत गर्ने गरी खर्च गर्ने बजेट ल्याउनु जरुरी छ।’
लेखीले खास नेताको निर्वाचन क्षेत्रभन्दा पनि समग्र प्रदेशको विकास हुनेगरी बजेट समायोजन गर्न प्रदेश सरकारलाई उनको सुझाव छ।
आयोगका अर्का सदस्य डा. सुरेन्द्र झाले वितरणमुखी बजेट भएका कारण यथोचित्त विकास हुन नसकेको बताए। उनले स–सानो योजनामा बजेट छरेर सम्बृद्धि ल्याउन नसकिने बताउँदै कर्मचारीहरुले पूर्णदायित्वअनुसार काम नगर्नु र नेतृत्वमा गहनता र तदारुकताको अभाव भएको भन्दै प्रदेशका मन्त्रीहरुले आफू अनुकूल बजेट ल्याएको आरोप लगाए।

परम्परागत आयोजना र वितरणमूखि बजेट चुनौती
प्रदेशस्तरमा शिक्षा र स्वास्थ्यको जिम्मेवारी सामाजिक विकास मन्त्रालयले पाएको छ। सामाजिक विकास मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षका कार्यक्रमहरु विगतको जिल्ला विकास समितिले सञ्चालन गर्ने योजना जस्तै देखिन्छ।
मन्त्रालयले स्वास्थ्य केन्द्रहरुको सम्भाव्यता अध्ययन, प्रचार प्रसार, तालिम गोष्ठी, विद्यालय तथा मन्दिरको पर्खाल निर्माण जस्ता कार्यक्रमहरुलाई बढी प्राथमिकता दिइएको पाइन्छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले ८ जिल्लामा विनियोजन गरेको बजेटमा बारामा ५३ करोड २२ लाख, धनुषामा ४६ करोड २७ लाख, पर्सामा ४३ करोड ४६ लाख, सिरहामा ३५ करोड ६९ लाख, महोत्तरीमा १५ करोड २० लाख, सर्लाहीमा १५ करोड २० लाख र रौतहटमा १५ करोड २० लाख रहेको छ। अर्थशास्त्री प्राध्यापक डा. भोगेन्द्र झा भन्छन्, ‘पुँजीगतखर्च सदुपयोगतर्फ सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण अवस्था हो,’ सरकारले आफ्नो गन्तव्य निर्धारण गर्न नसकेको कुरा बजेट परिचालनले प्रष्ट गरेको छ।’ झाले प्रदेशको आर्थिक व्यवस्थालाई सुदृढ पार्ने र विकास निर्माणका कार्यलाई अग्रसरता दिनतर्फ सरकार गम्भीर हुन नसकेको बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्