जनकपुर- सिरहा नगरपालिका-११, पदमपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। चोहर्वाबाट सिरहातर्फ आउँदै गरेको ‘अन टेस्ट’ जेसिबीले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा स७प ८७४८ को मोटरसाइकलमा सवार सिरहा नगरपालिका-११ का ३५ वर्षीय विरेन्द्र पण्डित र २८ वर्षीय दोरिक सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन सिंह बस्नेतले जानकारी दिए।
दुर्घटनापछि जेसिबी चालक फरार छन्। जेसिबी र मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमा लिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।