• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भावुक विज्ञप्ति निकाल्दै राजदूत शेर्पाले दिइन् राजीनामा

64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  १४:२७
1140x725

काठमाडौं- अस्ट्रेलियाका लागि ‘विवादस्पद’ राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन्।

शेर्पाले शुक्रबार एक विज्ञप्ति निकाल्दै आफ्नाे पदबाट राजीनामा दिएकी हुन्। उनलाई मानव तस्करीमा संलग्न भएको गम्भीर आरोप लागेको थियो।

आफ्नै ड्राइभर वाङ्छु शेर्पाले मानव तस्करीमा संलग्न भएको आरोप लगाएपछि शेर्पा विवादमा तानिएकी थिइन्।

विज्ञप्तिमा उनले आफ्नाबारे ‘न्यायिक फैसला’ हुने अपेक्षासहित राजीनामा दिएर बाटो खोलिदिएको उल्लेख गरेकी छिन्।

आफूमाथि लागेका आरोपको खण्डन गर्दै उनले त्यसलाई 'झुठा आरोप र लान्छना' भनेकी छिन्। उनले आफ्नो करियरको सुरुवात नै मानब तस्करीविरुद्धको अभियानबाट भएको दाबी गरेकी छिन्।

‘हामीमाथि संगिन र आधारहीन आरोप लगाउनु भन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ, मेरो जीवनको करियरको सुरुवात नै मानव तस्करीविरुद्धको अभियानबाट सुरु भएको हो,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘गाउँको दुरदराज, झुपडीदेखि अन्तराष्ट्रिय मञ्च हुँदै नीतिनिर्माण तहसम्म भूमिका रहेको छ। कैंयौँ पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु। दुखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु।’

विज्ञप्तिको केही बुँदामा उनी भावुकसमेत बनेकी छिन्। ‘एक दिन मर्नुपर्ने जीवनमा इमानदारिता, कर्तव्य परायण र मानव सेवाबाट आजसम्म चुकिनँ र कहिल्यै चुक्ने पनि छैन,’ भावुकता मिश्रित विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताको अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कसले दिने? न्यायिक फैसला होस् र सत्य नमरोस् भन्नका लागि मैले राजीनामा दिएर बाटो खोलिदिएकी हुँ।’

यस्तो छ शेर्पाको विज्ञप्ति:

Ncell 2
Ncell 2
nimb
nimb

आदरणीय पत्रकार साथीहरु,

जिम्मेवारीको हिसाबले अस्ट्रेलियाको लागि नेपाली राजदुतको जिम्मेवारीमा रहेको हुँदा मेरो बिरुद्ध आएको भ्रम, लान्छना र निराधार आरोपहरु तत्काल चिर्नको लागि कुटनीतिक मर्यादाको कारण आफुमाथि एकोहोरो भ्रम, लान्छना र फरेबको पहाडै खसेपनि मुकदर्शक झै बस्नु परेको यहाँहरुलाई बिदितै छ। म यहाँहरु समक्ष प्रेस बिज्ञप्ती मार्फत सत्य प्रष्ट पार्ने अनुमति चाहन्छु।

गलत नियत राखी, एकतर्फी ढंगले आएको अतिरञ्जनाको जवाफ दिन आवश्यक नभए पनि यस्ता बिषयले सर्बसाधारणमा भ्रम सिर्जना भएकोले यसको निवारण गर्न आवश्यक ठानेर नै यो प्रेस बिज्ञप्ती प्रेषित गरेको छु।

घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको  पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता ब्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद छ।  यस्तो गलत परम्पराले हाम्रो समाज कता जाला, मुलुकलाई कहाँ पुर्याउला ? यो बिचारणीय कुरो छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शरणार्थी माध्यमबाट पी.आर. पाउने र केही ब्यक्तिले देशकै ब्यवस्थाको मानमर्दन गर्दै पी.आर. दिलाउन एसाईलमको खेती गर्ने कुचेष्टाले मेरो निजी सहयोगी वाङ्छु शेर्पालाई प्रयोग गरी कथिएको भ्रमजाल स्वरुप हामीमाथि आधारहिन, नियोजित तरिकाले निराधार आरोप लगाइएको छ। जतिसक्दो गलत आरोपहरु राजदुत बिरुद्ध संग्रह गर्ने कुचेष्टाले फरक प्रसंगमा प्रत्यक्ष बोलिएका कुराहरुलाई टेलिफोन वार्ता भनेर नियोजित र गैरकानुनी तरिकाले तोडमोड गरेर फरार रहेका ब्यक्तिले जनमानसमा भ्रम सिर्जना गरेको स्पष्ट छ।

हामीमाथि संगिन र आधारहिन आरोप लगाउनु भन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ मेरो जीवनको करियरको सुरुवात नै मानबतस्करी  बिरुद्धको अभियानबाट  शुरु भएको हो। गाउँको दुरदराज, झुपडी देखि अन्तराष्ट्रिय मञ्च हुँदै नीतिनिर्माण तहसम्म भूमिका रहेको छ। कैयौ पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु। दुखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु। मेरो शैक्षिक स्थिति, पारिवारिक पृष्ठभूमि, राजनीतिक सामाजिक आर्थिक हैसियत, साथै पदीय जिम्मेवारीको हिसाबले सभासद हुँदै यहाँसम्म आईपुग्दा सबै तह र तप्काका मानिसहरु मेरोबारे बिबेकशील समाजका कोहीपनि अनभिज्ञ छैनन्। मेरो जीवन खुला किताब जस्तै छ। मेरो सर्बस्व भनेकै ईमान्दारिता हो। मिथ्या आरोपको बारेमा सम्बन्धित दुताबासहरुसँग सत्यतथ्य जानकारी लिन सकिने सुचनाको हक यहाँहरु सबैमा छ।

निजी सहयोगी ल्याउने हकमा मन्त्रालयको आफ्नै किसिमको बिधि प्रक्रिया र स्रोतसाधन छ। यसर्थ सम्बन्धित व्यक्तिको  कार्यगत र भाषिक परिक्षण लिईएता पनि निजको नियत र ईमान्दारिताको परिक्षण लिन चुक्यौ र समस्याको जड त्यहि नै रह्यो। बिदेशमै बस्ने लालसाले अन्ततः जसरी पनि पी.आर. पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगें।

केही सञ्चार माध्यममा काल्पनिक कथा बनाएर बिचार सहि सम्प्रेषण नगरि वास्तविक पीडितहरुको कुरै नसुनी एकपक्षीय रुपमा ठगिमा संलग्न ब्यतिको भनाई मात्र सम्प्रेषण गरी जनमानसमा दिग्भ्रमित पार्ने काम गरेका छन्। यो आर्थिकसँग जोडिएका मामिला भएकोले निजले सामाजिक सञ्जालमा दावी गरिएको  हाम्रो बैक खाता लगायत सम्पूर्ण आर्थिक कारोबार अनुसन्धानको लागि खुला राखिएको छ।

पत्रकार साथीहरु,

मिती २०७४ मंसिर ५ गते देखि नै नेपाल सरकार परराष्ट्र मन्त्रालय लगायत अष्ट्रलियाको सम्बन्धित निकायमा निजको चोरी ठगी सम्बन्धी गैरकानुनी कृयाकलापको बारेमा पत्रमार्फत कारबाहीको लागि पीडितहरुले पठाएको प्रमाणसहित उजुरी पठाउनको साथै २०७४ साल मशिर ११ गते र २०७५ साल मंसिर १६ गते ताकेता गरि परराष्ट्र  मन्त्रालयमा पत्र पठाएको हो। कुटनीतिक माध्यमबाट बर्षौदेखि पठाएको पत्र परिपत्रलाई कुनै सुनुवाई नहुने तर जस्केलाबाट कसैले  चिच्याएको भरमा आफ्नै कुटनीतिक नियोग प्रमुखको बिषयमा छानबिन समिति बनाउने  यो देशको कस्तो बिडम्बना ? कस्तो दुर्भाग्य ? कुटनीतिक प्रतिष्ठा र मर्यादा माथि प्रहार हुने गरी कसैले नियोजित घटना घटायो भने अन्य मूलुकहरुले सत्यको गहिराई पत्ता लगाएर आफ्नो प्रतिनिधिको आवाज सुन्ने गम्भिरता प्रस्तुत गरेका उदाहरणहरु छन्।

निजले मेरो बिरुद्ध आरोप लगाएपछि अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कुटनीतिक उन्मुक्ती खुला (Diplomatic immunity waive) अस्ट्रेलियन सरकार समक्ष पेश गरेको अवगतै छ। अस्ट्रेलियन सरकारले म माथि लागेको सम्पूर्ण आरोप झुठा साबित गर्दै ससम्मान कुटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरिएको गरिसकेको जानकारी गराउन चाहन्छु।

पत्रकार साथीहरु,

अष्ट्रेलियास्थित नेपाली दुताबास सम्हाल्न आई पुगेदेखिनै नेपाल सरकारले दिएको जिम्मेवारी यहाको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका लगायत अस्ट्रेलियन समाजमा गर्विलो छाप बनाउन सफल भएका थियौ। अष्ट्रेलियामा ठुलो संख्यामा नेपाली विद्यार्थीको उपस्थिती रहेको छ नेपाली समुदाय लगायत सेवाग्राहीका लागि बाहै महिना २४ सै घण्टा नेपाली समुदायमा खटिएर काम गरेकी छु यहाँको स्थानीय बिदामा पनि अहोरात्र खटिएर काम गरेको यहाँ सेवाग्राहिहरुकै भनाइबाट बुझ्न साकिन्छ। डिप्रेसन र अनेकौ रोगका शिकार भएकाहरुलाई आफ्नै र कन्सुलर जेनेरलहरुसँग मिलेर नेपाल उनिहरुको स्वेच्छाले फर्काउने काम गरेकी छु, अन्य नेपाली संघसंस्थाले पनि यसमा पहल लिएको छ।  अनाहकमा झुटा मुद्धा लगाई फसाईएका नेपालीहरुलाई कठोरतम जेल सजाय हुनबाट बचाएको छु। हाल नेपाली समाजमा समस्याकै रुपमा देखा परेको कयौको घरबार टुट्नबाट जोगाउने काम गरेकी छु। कतिपय नेपालीहरुले दुताबासको क्षेत्रधिकारभित्र यस्ता जिम्मेवारी पनि पर्छन भन्दै अचम्मित भएको पाईयो।   अझ भनौ नेपालीहरुले अभिभावक नेपाली दुताबास हो भन्ने मान्यता स्थापित गर्ने प्रयास गरेकी छु। दुताबासले पनि पीडित र सेवाग्राहिको  पक्षमा यस्तो भूमिका खेल्न सक्छ भन्ने मान्यता स्थापित गर्नको साथै आँट भरोशा नेपाली समुदायलाई दिएकी छु। यि सबै सम्झदा आफुलाई गर्बको अनुभुति हुन्छ।

पत्रकार साथीहरु ,

यहाँहरुलाई दुखको साथ भन्नैपर्ने हुन्छ आफुले ल्याएको निजी सहयोगीको कर्तुतहरु र पीडितहरुले गरेका उजुरीका चाङहरु मसंग छन्। नक्कली ड्राइभिङ लाईसेन्स धन्धामा देशको शिर्षस्थ नेताको समेत  नाम दुरुपयोग गरी कयौलाई ठगी गरेको, भुकम्पपीडितलाई ट्याक्सी  निकालिदिन्छु भनी दर्जनौलाई ठगी गरेको साथै बिदेश लैजान्छु भनी नक्कली कागजात मात्र होईन नक्कली भिषा नै बनाएर कैयौलाई ठगी गरेको   साथै सन २०१७ सेप्टेम्बरमा अस्ट्रेलियाको टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा अन्य देशको निजी सहयोगी भागी प्रोटेक्सन भिषा पाएको घटनाबाट प्रेरित भई हामी न्युजिल्याण्ड गएको मौका छोपी कोही नभएको बेला दुताबासबाट चोरी गरी फरार भएपछि पीडितहरुको सप्रमाण सम्बन्धित निकायमा गरेको उजुरिबाट ठगी धन्धामा लागेको थाहा भयो। पी.आर. पाउने गलत मनासायले धेरैलाई ठगी गर्दै गलत बाटो रोजेकोले, ब्रिजिङ भिषामा रहेका ब्यक्तिले प्रोटेक्सन भिषा रहेको भनी सबैलाई गुमराहमा राखेको र निजले केही एसाईलमका धन्धा चलाएर बसेका ब्यक्तिहरुको उक्साहटमा लागेर आफु र नेत्रित्व तहलाई बदनाम गर्ने नियत देखिएको महसुस भई सम्मानित अदालतले म्याद जारी गर्दा पनि हाल फरार रहेका वाङ्छुलाई नेपाल सरकारले अबिलम्ब  नेपाल झिकाई कानुन अनुसार कारबाही गरी पीडितहरुलाई न्याय दिन अनुरोध गर्दछु।

मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनबरत र अबिचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र ईज्जतलाई सर्बोपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजिनामा नेपाल सरकार समक्ष पेश गरेको छु।  एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिन र कहिल्यै चुक्ने पनि छैन्। देश र जनता प्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कस्ले दिने ? न्यायिक फैसला होस्, सत्य नमरोस्स त्यसैका लागि मैले बाटो खुला गरेको हुँ।

अन्त्यमा, अष्ट्रेलिया र न्युजिल्याण्डका नेपाली दाजुभाइ दिदिबहिनीहरु यहाँहरुले दिनु भएको माया, आत्मियता, सद्भभाव र सहयोगी भावना मेरो लागि अबिष्मरणीय हुनेछ। नेपाल सरकार, नेपालीहरुको साझा संगठन एन.आर.एनए. ओसियाना, एन आर एन ए, एन.सि.सी। अष्ट्रेलिया, न्युजिल्याण्ड साथै अन्य नेपाली संघसंस्था, बिभिन्न पेशा व्यबसायमा रहनु भएका साथीहरु, बुद्धिजिबी बर्ग, पत्रकार बन्धुहरु, सम्पूर्ण अबैतनिक बाणिज्यदूत साथीहरु, अष्टे«लियन सरकार  र नेपाली दुताबास क्यान्भेराका साथीहरु साथै अष्टे«लिया,  न्युजिल्याण्ड र विश्वभरी रहनु भएका सम्पूर्ण मेरा शुभेच्छुक, शुभचिन्तक मित्रहरुमा यहाँहरुले दिनु भएको अमुल्य सल्लाह, सुझाब र सहयोगको लागि हार्दिक आभार ब्यक्त गर्दै मुरिमुरी धन्यवाद दिन चाहन्छु।

धन्यवाद।

लक्की शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूत

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्