काठमाडौं– नागार्जुन नगरपालिका–६ स्थित डाँडापौवा सामुदायिक जंगलमा एक महिलाको लास फेला परेको छ।
जंगलभित्र पैँयुको रूखमा नाइलनको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा लाश फेला परेको हो।
मृत अन्दाजी ४०/४५ वर्षीया महिलाको पहिचान हुन सकेको छैन। लास सडेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
रातो रंगको दुईवटा सुइटर, रातो पछ्यौरा, रातोमा हरियो कालो मिक्स भएको लुङ्गी लगाएकी र कपालमा रातो रंग लगाएकी, कानमा साना साना रिंग लगाएकी महिला मृत भेटिएकी हुन्।
त्यस्तै मृत महिलाको खल्तीमा चाबीको झुप्पा, थैली र जुत्तासमेत फेला परेको छ। मृत महिलाको खल्तीमा ४१ हजार १ सय ४५ रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ।
मृत महिलालाई चिन्ने व्यक्तिले प्रहरीलाई खबर गर्न पनि अपराध महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।