काठमाडौं– १० प्रतिशत सेवा शुल्क खारेजीको विषयलाई लिएर रेष्टुरेण्ट एण्ड बार एसोसिएसनका मजदुरले मंगलबारदेखि देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गरिने चेतावनी सहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन।
नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो एवम् रेष्टुरा मजदुर संघले संयुक्त आन्दोलदनको घोषणा गरेको हुन्।
गत सोमबार रेवानका उच्च पदाधिकारी र व्यवसायी बसेको छलफलबाट रेष्टुरेण्टमा लागू गर्दै आएको १० प्रतिशत सेवाशुल्क खारेज गर्ने निर्णय भएको थियो।
निर्णयको विरोधमा मजदुरहरुले बुधबार २४ घन्टे अल्टिमेटम दिएका थिए। मजदुरको मागको विषयमा रेवान तथा व्यवसायीले कुनै चासो नदिएको भन्दै २० गतेदेखि चरणवद्ध आन्दोलनका गर्ने निर्णय गरेका छन्।
मजदुर संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २००८ मा होटल रेष्टुरेन्ट तथा फास्टफुड क्षेत्रमा कार्यरत टेड युनियनसंघबीच भएको सम्झौता बमोजिम बीलमा उठेको १० प्रतिशत रकम सेवा शुल्कमा लिने र सोही रकमलाई कार्यरत कर्मचारी, कर्मचारी र प्रतिष्ठानबीच आपसमा निश्चित प्रतिशत रकम बाडँफाड हुँदै आएको थियो।’
यस विषयमा सर्वोच्च अदालतले पनि कानुनी मान्यता दिएको मजदुर संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'श्रम ऐन २०७५'ले समेत यसलाई मान्यता दिएको अवस्थमा एक्लौटी मजदुरसँग कुनै वार्ता नगरी १० प्रतिशत सेवा शुल्क खारेज गरिएको मदजुरको आरोप छ।
'श्रम नियमावली २०७५' को नियम ८२ अनुसार कानुनी रुपमा वैधानिकता प्रदान गरिएको कारण १० प्रतिशत सेवा शुल्क खारेज गर्नु अन्याय हुने उनीहरूको भनाइ छ।
संघले २० गते ४ बजे मुलुकभर देशव्यापी कोणसभा गर्ने र रेवानलाई सार्वजनिक रुपमा वहिष्कारसमेत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
साथै माघ २२ गतेदेखि मुलुकका सबै रेष्टुरेण्टमा हड्ताल गर्ने मजदुर संगठनको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।