काठमाडौं– आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा ओखलढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हत्या आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ पोखरीया बस्ने ३८ वर्षीय टंकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
कार्कीले मादक पदार्थ सेवन गरी ६३ वर्षीया आमा नरमायाँ कार्कीलाई कुटपिट गरी हत्या गरेका थिए।
कार्कीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी कोसाहाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।