काठमाडाै - डा. गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विरोध प्रदर्शन गरिरहेका चिकित्सकहरुलाई प्रहरीले गिरफ्तार गरेको छ।
आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरुको जुलुस राट्रपति कार्यालय सितल निवासतर्फ बढ्न थालेपछि प्रहरीले गिरफ्तार गरेको हो। १६औ चरणको अमरण अनसनमा बसेको २४औ दिनसम्म पनि सरकारले केसीका माग सम्बोधन गर्न कुनै पहल नगरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिक बाहेकका सवै सेवा बन्द गरी चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।