काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित, कांग्रेसको विरोध कायमै, डा.केसीको अनशन जारी।
२) डा. केसीको अनसन औचित्य समाप्त भएको सरकारको दाबी, जसले बोक्यो उसैलाई अवतरण गराउन सुझाव, कांग्रेसले उचालेको आरोप।
३) एनसेल लाभकर विवादको अन्तिम सुनुवाई सुरु, प्रधानन्यायाधीशकै पूर्ण इजलासमा पेशी, सुनुवाईप्रति चासो बढ्यो।
४) पहिलो टी ट्वान्टीमा नेपाल युएईसँग २१ रनले पराजित, सोमपाल र पारसबाहेक अन्य खेलाडीको प्रदर्शन निराशाजनक।
५) र, भेनेजुएलामा रिपोर्टिङ गर्ने ५ विदेशी पत्रकार पक्राउ, संङ्कटपूर्ण अवस्थाबारे रिपोर्टिङ गरेको आरोप, ‘सुरक्षा क्षेत्र’मा काम गरेको दाबी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।