काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र रा.प्र.पा (राष्ट्रवादी) बीच शुक्रबार एकीकरण हुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर जबरा र रा.प्र.पा (राष्ट्रवादी) का अध्यक्षा डा प्रकाश चन्द्र लोहनीले बिहीबार पार्टी एकीकरण गर्ने सम्बन्धमा बनाइएको आधार पत्रमा हस्ताक्षर गरेका छन्।
पार्टी एकीकरण भएसँगै पार्टीको नाम भने राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) रहने बताइएको छ। त्यसैगरी पार्टीको चुनाव चिह्रन ‘हलो’ रहने आधारपत्रमा उल्लेख छ।
पार्टी एकता घोषणा शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने हुनेछ।
एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने दुवैबीच सम्झौता भएको छ।
त्यसैगरी समान विचार राख्ने अन्य पार्टी, व्यक्ति र समूहहरुसँग एकीकरणको लागि दुवै अध्यक्षले संयुक्त प्रयास गर्ने आधारपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।