इटहरी- मोरङको सुन्दरहरैचाका च्याउ उद्यमी सरोज नेपाल ‘उत्कृष्ट युवा कृषि उद्यमी’बाट सम्मानित भएका छन्।
नेपाल कृषि सहकारी केन्द्रीय संघ ललितपुरको साधारणसभाबाट उनी सम्मानित भएका हुन्। नेपाल सरकारका अर्थमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा ५ हजार नगदसहित उनलाई सम्मान गरिएको हो।
अनुकरणीय तथा व्यावसायिक रुपमा च्याउ तथा च्याउको बिउ उत्पादन तथा वितरण गरेकोमा उनलाई सम्मान गरिएको हो।
५ वर्षदेखि उनले च्याउको बिउ उत्पादन गर्दै आएका छन्। दैनिक १ सय केजीसम्म च्याउ उत्पादन गर्ने उनले पूर्वी नेपालमा भारतीय च्याउको बिउप्रतिको परनिर्भरता हटाएका छन्।
सम्मानित भएसँगै उनले आफू च्याउ र च्याउको बिउ उत्पादनलाई पूर्वी नेपालमा आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।