काठमाडौं– अब ८ कक्षा पासले नेपाल प्रहरीको जवान पदमा भर्ना हुन नपाउने भएका छन्।
यसअघि कक्षा ८ पास गरेकाले पनि प्रहरी जवानमा भर्ना हुन पाउने व्यवस्था थियो।
तर, प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै जवानमा भर्ना हुनका लागि एसइई पास हुनपर्ने व्यवस्था गरिएको हो।
नियमावली संशोधनको उक्त सूचना सरकारले राजपत्रमा समेत प्रकाशित गरिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।