• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चिकित्सा शिक्षा अनियमिततामा दोषी ठहर व्यक्ति नै डा केसीविरुद्धकाे कार्यक्रमका संयाेजक

नेकपाका नेता रिझाउने खेलमा डा रामप्रसाद उप्रेती
64x64
नेपाल लाइभ बिहीबार, माघ १७, २०७५  ०९:२१
1140x725

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी १६ औं अनसनमा छन्। सरकारले विगतमा गरेको सहमति अनुसारको चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने प्रमुख मागसहित उनी अनसनमा बसेका आज २२ दिन भइसकेको छ।

डा केसीको ६ बुँदे मागमध्ये दोस्रो नम्बर बुँदामा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नुपर्ने विषय छ।

डा केसीको उक्त माग पूरा नगर्न र कारबाहीबाट जोगिन एक डाक्टरले त्रिवि शिक्षण अस्पतालमा बिहिबार डा केसीविरुद्धको कार्यक्रम आयोजना गरेका छन्। 

चिकित्सा शिक्षा अनियमिततामा दोषी ठहर भएका ती व्यक्ति हुन्, डा रामप्रसाद उप्रेती।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चिकित्सा शिक्षा अनियमिततामा संलग्न रहेको भन्दै ४३ जनालाई कारबाहीको सिफारिस गरेको छ। तीमध्ये डा उप्रेती पनि एक हुन्।

डा उप्रेती स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालको स्वीकृति समेत नलिएको सुनसान अस्पताललाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिन सिफारिस गर्ने व्यक्तिमध्येका एक हुन्।

घट्टेकुलोस्थित काठमाडौं नेसनल अस्पताललाई सबै पूर्वाधार र मापदण्ड पुगेको भन्दै गलत प्रतिवेदन बनाएको र विज्ञको रुपमा कानुन विपरितको काम गरेको ठहरसहित आयोगले उनलाई तीन वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ। यद्यपि सरकारले उक्त प्रतिवेदन भने अझै गोप्य राखेको छ।

डा केसीले उक्त प्रतिवेदन अनुसार दोषीलाई कारबाहीको माग गरेपछि डा उप्रेतीले डा केसीविरुद्ध कार्यक्रम अगाडि बढाउन लागेका हुन्। उनकाे नेतृत्वमा बिहीबार साढे ११ बजे त्रिवि शिक्षण अस्पताल परिसरमा नै डा केसीविरुद्ध नाराबाजी गर्ने कार्यक्रम तय भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

डा उप्रेती संलग्न रहेको टोलीले मापदण्ड र पूर्वाधार पूरा भएको भनिएको काठमाडौं नेसनलले अझै पनि स्वास्थ्य मन्त्रालयबाट सञ्चालन स्वीकृति प्राप्त गरेको छैन। ३ सय शय्याको अस्पताल सञ्चालनका लागि उक्त भवन अनुपयुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

डा उप्रेती सदस्य रहेको उक्त टोलीका संयोजक त्रिवि शिक्षण अस्पतालकै प्रा डा करविरनाथ योगी थिए। डा योगी अहिले रिटायर्ड भएका छन्। उक्त टोलीमा डा योगी र उप्रेतीसहित डा ज्योति शर्मा, डा केशवप्रसाद सिंह, डा प्रमोदकुमार श्रेष्ठ, डा परशुराम मिश्र र प्रह्लाद पन्त थिए। उनीहरुलाई पनि आयोगले आगामी तीन वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन सिफारिस गरेको छ।

डा उप्रेतीसहितको टोलीले २०७० साल कात्तिक २५ र २६ गते उक्त अस्पतालको निरीक्षण गरेर २७ गते प्रतिवेदन दिएका थिए। ७ सदस्यीय उक्त टोलीले पूर्वाधार, फ्याकल्टी, चिकित्सक, कर्मचारी सबै पूरा भएको, बिरामी पर्याप्त मात्रामा रहेको भन्दै गलत प्रतिवेदन बुझाएका थिए। उनीहरुको प्रतिवेदन नै गलत रहेको कार्की नेतृत्वको आयोगले जाँचबुझका क्रममा फेला पारेको हो। 

आयोले उनीहरुले प्रतिवेदन बुझाएको ४ वर्षपछि गरेको स्थलगत अनुगमनका क्रममा उक्त अस्पतालले सञ्चालन स्वीकृति नलिएको, मेडिकल कलेजका लागि आवश्यक मापदण्ड र पूर्वाधार नपुगेको, बिरामी नै नरहेका कारण अस्पताल सुनसान रहेको, डाक्टर तथा कर्मचारी समेत दुई/चार जना मात्र रहेको फेला पारेको थियो। सोही आधारमा आयोगले उनीहरुलाई कारबाही सिफारिस गरेको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयोगको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न डा केसीले माग राखेपछि डा उप्रेती उनीविरुद्ध लागेका हुन्। यो बिचमा डा उप्रेती उक्त कारबाहीबाट जोगाउन नेकपाका नेताहरुसँग बाक्लो भेटघाटमा रहेको समेत नेकपाकै एक नेताले जानकारी दिए। 

डा उप्रेतीले ३ सय शय्या चलाउन मिल्छ भन्दै सिफारिस गरेको उक्त अस्पताल ४५ सय समेत चलाउन नमिल्ने स्वास्थ्य मन्त्रालयले समेत जनाएको छ। स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ ( दोस्रो संसोधन)’ अनुसार ४५ शय्याभन्दा चलाउन मिल्दैन।

डा उप्रेती महाराजगञ्ज चिकित्सा क्याम्पसको प्रमुख हुँदा विभिन्न अनियमितता र विवादमा समेत संलग्न थिए। क्याम्पस प्रमुख हुँदा उनले गरेको अनियमितता र विवादित काम पूर्व शिक्षा सचिव जयराम गिरीको संयोजकत्वमा गठित समितिले समेत बाहिर ल्याएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्