• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भेनेजुएलाबारे सरकार र पार्टीको वक्तव्यको सार एकै हो : नेकपा प्रवक्ता श्रेष्ठ 

64x64
नेपाल लाइभ बुधबार, माघ १६, २०७५  १८:३०
1140x725

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले भेनेजुएलाको राजनीतिक परिर्वतनसँग सम्बन्धित रहेर नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले प्रकाशित गरेको विज्ञप्ति र सरकारले यसै विषयमा हिजो सार्वजनिक गरेको विज्ञप्तिको आशय एउटै भएको बताएका छन्।

भेनेजुएलामा भएको राजनीतिक परिर्वतनको घटनालाई लिएर नेपाल सरकारले मंगलबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या सोही देशको संवैधानिक व्यवस्थाअनुरुप प्रजातान्त्रिक प्रद्धतीबाट अन्य देशको हस्तक्षेप विना हुनुपर्ने कुरामा नेपालले जोड दिएको छ। परराष्ट्रले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुएलाको समस्यालाई नेपालले नजिकबाट हेरिरहेको छ। कुनै पनि देशको आन्तरिक समस्या सोही देशको संविधानअनुरुप प्रजातान्त्रिक प्रद्धतीबाट बाह्य देशको हस्तक्षेप बिना त्यहाँकै जनताको अन्तिम निर्णयमा समाधान हुनुपर्छ।’

यसअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोसमा रहेकाबेला गत शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ विज्ञप्ती निकालेका थिए। उनले भेनेजुएलाको राजनीतिक परिर्वतनमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै अमेरिकी कदमको कडा शब्दमा विरोध गरेका थिए। भेनेजुएलामा गत मेमा भएको राष्ट्रपति निर्वाचनमा निकोलस माडुरो आगामी ६ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए। निर्वाचनलाई अन्तर्रा्ष्ट्रिय समुदायले स्वीकार गरे पनि अमेरिकालगायत भेनेजुएलाका विपक्षी दलले स्वीकार गरेका थिएनन्।  भेनेजुएलाका विपक्षी नेता जुआन गुएइदोले गत साता अमेरिकी सहयोगमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यही विषयमा प्रचण्डको हस्ताक्षरसहित जारी वक्तव्यले नेकपाभित्रै असन्तुष्टि बढाएकोे बताइएको छ। नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्ष तथा प्रधानमन्त्री ओली देश बाहिर रहे पनि बाँकी रहेको ८ सदस्य नेपालमै उपस्थित थिए। यस्तो अवस्थामा संवेदनशील विषयमा वक्यव्य प्रकाशित गर्दा पनि सचिवालय सदस्यसँग छलफल नगरेको उनीहरूको आरोप छ।वक्तव्यका विषयमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल भएको नेकपाका युवा नेता युवराज चौलागाईको दाबी छ। तर, नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनाल भने त्यो पार्टीको आधिकारिक वक्तव्य नभई अध्यक्ष प्रचण्डको मात्रै भएको दाबी गर्छन्।

तर प्रवक्ता श्रेष्ठ भने नेपालको असंलग्न अहस्तक्षेपकारी परराष्ट्रनीतिको मर्मलाई हृदङ्गम गर्दै अध्यक्ष प्रचण्ड र सरकारले प्रेस विज्ञप्ती सार्वजनिक गरेको दाबी गरे। नेपाल लाइभसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सरकार र नेकपाको तर्फबाट सार्वजनिक भएको भेनेजुएलाको आन्तरिक राजनीति माथि अमेरिकी हस्तक्षेपका विषयमा सार्वजनिक भएको विज्ञप्तिको शब्दमा फरक भएपनि त्यसको आशय एउटै हो।’ 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले थपे, ‘नेपाल पञ्चशीलको सिद्धान्तअनुरुप आफ्नो परराष्ट्रनीति सञ्चालन गर्छ र वैदेशिक सम्बन्धमा समभाव र सद्भावको अपेक्षा सबै देशबाट गर्छ तर अर्को देशको आन्तरिक राजनीतिमा कसैले हस्तक्षेप गर्छ भने त्यसको विरोध पनि गर्नुपर्छ।’
परराष्ट्र मामिलाका विज्ञहरूले भने अध्यक्ष प्रचण्डको वक्तव्य आवेशमा आएको र सत्तारुढ दलले परराष्ट्रमन्त्रालयमार्फत नै आफ्नो असन्तुष्टि प्रकट गर्न सक्ने अवस्था रहँदा–रहँदै पनि हतारमा विज्ञप्ति निकालेको आरोप लगाएका छन्। तर, श्रेष्ठले प्रत्तिप्रश्न गर्दै भने,‘के पार्टी सरकारमा छ भन्दैमा देश विदेशमा भएको घटनाका विषयमा पार्टीले आफ्नो धारण राख्न हुँदैन?’

तत्कालीन एमाले निकट एक पूर्व परराष्ट्रमन्त्रीले भने अध्यक्षको वक्तव्यका कारण सरकारलाई पनि आफ्नो धारणा सार्वजनिक गर्न बाध्य तुल्याएको बताएका छन्। नेपालस्थित अमेरिकी दूतावासले सरकारको आधिकारिक धारणा मागेपछि सरकार यो विषयमा बोल्न बाध्य भएको हो। सरकार र पार्टीका तर्फबाट सार्वजनिक विज्ञप्तिमा समानता नरहेको उनको बुझाई छ।उनले भने, ‘सरकारले सार्वजनिक गरेको विज्ञप्ति तथस्ट किसिमको छ। समस्या समाधान गर्ने अन्तिम निर्णय यहाँकै जनतामा रहेको बताएको छ भने, पार्टीकातर्फबाट सार्वजनिक भएको विज्ञप्ति अमेरिकासँगको सम्बन्ध विग्रार्ने किसिमको छ।’ पार्टीका तर्फबाट आएको वक्तव्यका कारण सरकारलाई स्वतन्त्र परराष्ट्रनीति सञ्चानमा अप्ठेरो पर्ने हुने उनले दाबी गरे।
केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा बढ्दै गएको चीन र रसियाको प्रभावलाई त्यस क्षेत्रको क्षेत्रियतामाथिको खतराका रुपमा विश्लेषण गरेबाट पनि भेनेजुएलामा भएको राजनीतिक परिर्वतन कानुनी राज्यको स्थापनाभन्दा अमेरिकी स्वार्थ बढी हाबी भएको सहजै बुझ्न सकिन्छ।

यस्तै भेनेजुएलाको राजनीतिक परिर्वतनका विषयमा अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यम पनि विभाजित भएका छन्। अमेरिका, बेलायतबाट सञ्चालन हुने समाचार माध्यमले भेनेजुएलाका विस्थापित राष्ट्रपति माडुरोले देशको अर्थतन्त्रलाई निकास दिन नसक्ने र उनको नेतृत्वमा यहाँ प्रजातान्त्रिक कानुनी राज्यको स्थापनामा समस्या हुने दाबी गरेका छन्। यस्तै माडुरोको समर्थनमा रहेका देशबाट सञ्चालन हुने समाचार माध्यमले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपलाई भेनेजुएलाको प्राकृतिक स्रोत, पेट्रोलियम पर्दाथमा आफ्नै एकलैटी आधिपत्य स्थापना गर्न अमेरिकाले माडुरोको सत्ता विस्थापन गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्