काठमाडौं- नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःट्रेजरी बिल बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ।
बैंकले यसअघि पाँच अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।