काठमाडौं– नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् ।
१५ औं महाधिवेशनमा उपसभापति (खुला) मा उम्मेदवार बनेका भट्टराईले पराजित भएपछि अझै धेरैको विश्वास जित्न आवश्यक रहेको बताएका हुन् ।
आफूलाई मतदान गर्नेहरुप्रति धन्यवाद व्यक्त गर्दै भट्टराईले फेसबुकमा लेखेका छन्, ‘तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरुको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ ।’
आफूले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको र अहिलेसम्म पाएको कुरा विश्वास र माया नै रहेको उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सम्बोधन गरेका भट्टराईले आगामी राजनीतिक यात्रामा भरोसा जित्न बाँकी धेरैहरुको भरोसा जित्नका लागि मेरो चेत, लगाव र समय खर्चने प्रतिबद्धता जनाएका छन् ।
नेविसंघका पूर्व अध्यक्ष रहिसकेका भट्टराई उपसभापति पदमा तेश्रो सर्वाधिक मत प्राप्त गरे पनि पराजित भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।