काठमाडौं – फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले अघि बढाएको टेन्डर आह्वान प्रक्रियाप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले असन्तुष्टि जनाएका छन्।
आईतबार ससदकाे अर्थ समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले ४ अर्वमै सकिने कामलाई २२ अर्व खर्च गरेर सो सेवा विस्तार किन गर्नु पर्योभन्दै सरकारलाई प्रश्न गरेकी थिइन्। उनले नेपाल टेलिकमले फोरजी सेवाको नाममा ठूलै आर्थिक घोटाला गरेको आशंका गर्दै तत्काल छानवीन गर्न पनि सरकारसँग माग गरिन। ‘एनसेलले ४ अर्बमा सकेको सो कामलाई नेपाल टेलिकमले २२ अर्वको रुपैयाँ बजेट इस्टिमेट गरेर ठूलै आर्थिक चलखेल गर्न खोजेको जस्तो छ,’ उनले भनिन्।
नेकपाकै अर्का सांसद मेटमणि चौंधरीले टेलिकमको फोरजी सेवा विस्तारसम्बन्धि परियोजनामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने आशंका गरे। चौंधरीले नेपाल टेलिकमको सो परियोजनालाई पारदर्शी ढंगले अघि बढाउन पनि सरकारलाई सचेत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।