काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आईतबार दोहोरो अंकले घटेको छ। परिसूचक १०.६८ अंकले घटेर ११सय ६२.०९ कायम भएको नेप्सेले जनाएको छ।
नेप्सेसँगै सबै समूहगत सूचकहरु ओरालो लागेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ९३.७५ अंकले घटेको छ भने जीवन बिमा समूहमा ६९.९३ अंकले कमी आएको छ। बैंकिङ समूह ८.३९ अंकले ओरालो लागेको छ भने जलविद्युत् समूह १६.४१ अंकले घटेको छ।
आज १६४ कम्पनीका ११ लाख ८५ हजार ८७२ कित्ता सेयरहरु ३४ करोड ३ लाख ७१ हजार १२७ रुपैयाँमा किनबेच भएका छन्। सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ३ करोड २४ लाख ६३ हजार रुपैयाँको सेयर कारोबार भएका छन्। दोस्रो उच्च कारोबार भएको नेपाल बैंक लिमिटेडको १ करोड ६० लाख ७९ हजार रुपैयाँको सेयर किनबेच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।