काठमाडौं– बैंकर्स संघले मुद्दति निक्षेपमा दिने ब्याजदर फेरि घटाउन भद्र सहमति गरेको छ।
२८ वटै सदस्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिसँग बिहीबार बिहान भएको छलफलपछि संघले मुद्दति निक्षेपको ब्याजदर घटाउने भद्र सहमति गरेको हो।
सहमतिअनुसार शुक्रबारदेखि लागू गर्ने गरेर बैंकहरूले संस्थागत मुद्दतिमा ९ प्रतिशत र व्यक्तिगतमा १० प्रतिशत ब्याज दिने सहमति गरेका हुन्।
अहिले बैंकहरूले संस्थागत निक्षेपकर्तालाई साढे १० र व्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिँदै आएका थिए।
त्यस्तै बैंकहरूले साधारण बचतमा ७ प्रतिशत भन्दा बढी ब्याज दिन नपाउने सहमति भएको छ।
साथै बैंकरले बचतको ब्याजदरमा पनि सीमा लगाएका छन्।
बैंकहरूले बचतको ब्याजदर सात प्रतिशतभन्दा माथि दिन पाउँदैनन्। ती बैंकले न्यूनतम ब्याज ५ प्रतिशत तोक्नुपर्नेछ।
केही बैंकले यसअघि लगाएको पूर्व सहमति उल्लघंन गरिरहेका बेला उनीहरुलाई पनि मनाउँदै संघले ब्याज थप घटाउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।