• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

'सांसदलाई हेर्ने धारणा बदलिएको छ'

64x64
नेपाल लाइभ सोमबार, भदौ १९, २०७४  १२:४५
1140x725

संसदमा आएको यो मेरो पहिलो अनुभव हो । पार्टीको जनवर्गीय संगठनहरुमा खेल्ने भूमिकाभन्दा संसदमा खेल्ने भूमिका निकै फरक हुन्छ । मुख्यगरी यो नीति निर्माणको जिम्मेवारी भएकाले फरकपन महसुस भयो। 

पछिल्लो डेढ वर्ष मैले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा रहेर काम गरेँ । यसअन्तर्गत चार वटा मन्त्रालय पर्छन् । समितिभित्र पनि मैले युवा तथा खेलकुद र शिक्षा उपसमितिमा रहेर काम गरेँ । सो क्षेत्रमा मैले धेरै अनुभव बटुल्न पाएँ । हामीले आफ्नो समितिबाट १२ वटा विधेयक पारित गरायौं । केही विधेयक पाइपलाइनमा छन् । समय सीमाका कारण तिनलाई आफ्नै कार्यकालमा टुंगो लगाउन हामी निकै हतारिएका छौं।

प्रत्यक्ष निर्वाचितभन्दा समानुपातिक सांसदहरुलाई अन्य कुरामा विभेद नभए पनि आर्थिक कुरामा विभेद छ । यसले आफ्नो क्षेत्रमा गर्न चाहेका कैयौं काम गर्न गाह्रो पर्ने गरेको छ। यद्यपि मैले सम्भव भएसम्म स्थानीय स्तरमा केही काम गरेँ । सांसद विकास कोषका साथै आफूले पहल गरेर लगेका योजनाबाट विकास-निर्माणका केही काम भएका छन् । तर, गर्न चाहेजति काम पक्कै पनि हुन सकेको छैन ।

मेरो करिब चारवर्षे कार्यकालमा गरेका कामहरुमध्ये ८० प्रतिशत कामहरु शिक्षा क्षेत्रमा गरेको छु । शिक्षामा पहुँच र गुणस्तर वृद्धि मेरो मुख्य रुचिको विषय पनि भएकाले महोत्तरीलाई शिक्षाको स्तरमा कसरी माथि उठाउने भनेर मैले निरन्तर पहल गरिरहेको छु । सोचेजति सबै काम पूरा नभइसके पनि मेरो सक्रियता जारी छ ।

मैले महोत्तरीमा गौरीडाँडाको जनता माविमा पुस्तकालय निर्माणमा सहयोग गरेँ । यसैपालि चेरु माविमा कम्प्युटर ल्याब बनाउन पहल गरेको छु । १५ वटा कम्युटरसहित सम्पूर्ण डेकोरेसन गरिसकिएको ल्याब केही दिनमै हस्तान्तरण हुनेछ । त्यस्तै, पञ्चधुरा प्राविमा बालबालिकाहरुलाई खेल्दै–सिक्दै गर्न सघाउ पुर्यादउन  केही सामग्री वितरण भएको छ । अन्य केही विद्यालयमा पनि कोषले भ्याएसम्म सानातिना काम गरेको छु । 

महोत्तरी क्षेत्र नम्बर १ का माध्यमिक विद्यालयहरुलाई पुस्तकालयका लागि दुई लाख रुपैयाँका पुस्तकहरु वितरण गरेको छु । 

मेरो सांसद कोषबाट वृद्धाश्रम, सामुदायिक भवन, बाटो र पोखरी पनि बनेको छ । केही ठाउँमा कोषकै रकमले पुगेको छ भने कतै अन्य सांसदको कोष र अन्य क्षेत्रबाट थपथाप भएर पनि काम भएका छन्। 

गौरीडाँडामा सर्पदंश अस्पताल बनाइएको छ । यसमा मेरो, गिरिराजमणि पोखरेल र सिरहाकी सांसद निर्जला राउतको सहयोग छ । त्यसलाई भेन्टिलेटरसहित उच्च प्राविधिक बनाउने प्रयास भइरहेको छ । त्यसका लागि हाम्रो कोषले नपुग्ने भएकाले सम्बन्धित ठाउँमा डेलिगेसन जाने र अन्य पहल गर्ने काम भइरहेको छ । मैले संसदमा पनि यसबारे कुरा उठाएको छु।

Ncell 2
Ncell 2
nimb
nimb

महोत्तरी क्षेत्र नम्बर १ का छात्राहरुलाई लोकसेवाको निःशुल्क तयारी र तालिम गराउने भनेर केही रकम छुट्याएको छु । मानव सूचकांकमा तल रहेको त्यस ठाउँका छात्राहरुलाई यसबाट अगाडि बढ्न मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ । त्यो कार्यक्रम निकै लोकप्रिय पनि भयो। 

बर्दिबास–जयनगर रेलमार्ग निर्माणको काम अघि बढाउन मुआब्जा लगायत केही समस्या थिए । त्यहाँ तीन–चार वटा संघर्ष समिति बनेपछि रेल्वेको काम नै रोकिएला कि भनेर हामी कुनै समय आत्तिएका थियौं । तर, त्यो झमेला मिलाएपछि अहिले काम अगाडि बढिरहेको छ।

मेरो प्रयासमा हात्तीलेठमा दस हेक्टर जमिनमा गरिएको वृक्षरोपणले पनि निकै प्रशंसा पायो । त्यो ठाउँ अहिले निकै निकै हराभरा भएको छ । त्यसका लागि एक वर्ष मैले आफ्नो सांसद विकास कोषको पैसा हालेँ । अर्को वर्ष वन मन्त्रालयको पैसा थपियो । 

कार्यकालमा केही रमाइला त केही नरमाइला अनुभूति सँगालियो । अब त कार्यकाल पनि सकिन लाग्यो । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसबीच शिक्षाको आठौं संशोधन पारित गर्दा निकै खुसी लागेको थियो । त्यसले लामो समयदेखिको शिक्षा क्षेत्रको अन्योललाई एउटा निष्कर्ष दियो । धेरै राम्रो पक्ष हुँदाहुँदै पनि फेरि नवौं संशोधन आएको छ । त्यो आउनुहुँदैनथ्यो भन्ने मलाई लाग्छ।

संविधान घोषणा हुँदा पनि निकै खुसी लागेको थियो । हुन त, त्यतिबेला हामी दबावमा परेका थियौं । मधेसका सांसद कुण्ठित भएका थिए । मैले नै ४१ वटा संशोधन हालेको थिएँ, जुन म फिर्ता लिने पक्षमा थिइनँ । तर, अध्यक्ष कामरेडले त्यसलाई पार्टीको सम्पत्ति हुने र पछि संशोधनमार्फत हल गर्ने भनेपछि मैले फिर्ता लिएको थिएँ।

कहिलेकाहीँ नरमाइलो पनि लाग्छ । कतिपय समस्या जनताबाट हामीकहाँ सीधै आउँछन् । तर, हामीले सबै समस्यालाई हाम्रो तहबाटै हल गर्न सक्दैनौं । हामीले त्यसलाई माथिल्लो तहमा लैजान्छौं । त्यहाँबाट पनि हल भएन भने साह्रै दुःख लाग्छ। 

भूकम्पको बेला हामीले पनि राहतको लागि सक्दो सहयोग गरेका थियौं । कतिपय ठाउँमा हामी आफैं पनि प्रत्यक्ष जुटेका थियौं । बाढी प्रभावितहरुको लागि हामीले एक महिनाको तलब दिएका छौं । अन्य पहल पनि गरेका हौं र गरिरहेका पनि छौं। तैपनि सांसदहरुमाथि अपजस आउँछ।

राज्यको एकद्वार प्रणालीले पनि बेलाबेला नमज्जा महसुस गराउँछ । कोष धेरै छ र त्यसमा राहत संकलन भए पनि प्रभावकारी वितरण हुँदैन । तर, केही गरेन भनेर सांसदहरुलाई दोष दिन्छन्।

म सार्वजनिक गाडीमा यात्रा गर्छु । कति साथीहरुले असुविधा भयो भनेर गुनासो गर्नुहुन्छ । कतिपयले लोगो छोपेर हिँड्यौं पनि भन्नुहुन्छ । तर, मलाई भने गर्व लाग्छ । सार्वजनिक रुपमा हिँड्दा आफ्नो कामप्रति जनताको प्रतिक्रिया बुझ्न पाइन्छ।

संविधान निर्माणकै चरणमा चाहिँ त्यसरी सार्वजनिक गाडीमा चढ्दा जनताको घोचपेच केही बढी हुन्थ्यो । ‘सभासद आउनुभयो, संविधान बनाउनुहुन्न, भत्ता मात्रै खानुहुन्छ’ भन्ने आवाज सुनिन्थ्यो । तर, संविधान बनिसकेपछि भने हेर्ने नजर बदलिएको छ । अहिले चाहिँ, ‘तपाईं पनि सांसद हुनुहुँदो रहेछ, तपाईंलाई गाडी दिएको छैन ?’ भनेर सोध्नेहरु छन्।

यो त काठमाडौंको कुरा भयो । तर, जब हामी यहाँबाट झरेर आफ्नो क्षेत्र (प्रदेश २) मा जान्छौं, केही असन्तुष्टि सुनिन्छ । स्थानीय जनताबाट ‘हाम्रो कुरै नसमेटी किन संविधान बनाएको ?', 'हाम्रो लागि संविधानमा के लेखेका छौ र ?’ जस्ता प्रश्नहरु सुन्नुपर्छ । त्यहाँको प्रतिक्रिया  मिश्रित छ। 

यद्यपि अहिले संविधान कार्यान्वयन भइरहँदा खुसी लागेको छ । यो हाम्रो निम्ति सौभाग्यको कुरा हो।

(माओवादी केन्द्रबाट महोत्तरीकी समानुपातिक सांसद साहसँग किशोर दहालले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्