• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

​​​​​​​'नेपाली मन'लाई पछ्याउँदै जाँदा...

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ८, २०७४  ११:५८
1140x725

'मन कहाँ छ ?' भन्ने चिन्तनकै परिणाम भनौं या पूर्ण स्वास्थ्य (शारीरिक, मानसिक, सामाजिक, एवं आध्यात्मिक समेत) को कामना गर्दै जाँदाको नतिजा! या त 'मानिस'लाई कोष, तन्तु, अंगभन्दा पनि समष्टीगत रुपमा अनि रासायनिक, भौतिक, जैविक क्रिया–प्रतिक्रियाभन्दा पनि मन–अवचेतन–चेतनको अन्योन्याश्रित अवस्थितिका रुपमा बुझ्ने चाहनाले हो! या त चिकित्सा शिक्षाको प्रारम्भिक चरणदेखि नै भोगिएका कठिनाइ, बिरामीहरुसँग भलाकुसारी हुँदाखेरी दुखेका 'मन'हरु, अनि आफूलाई मनोवैज्ञानिक रुपमा नै प्रभाव पार्न सक्ने गुरुवर्गको पदचाप अनुशरण गर्दाको प्रतिफल!

अन्तत: मनोचिकित्सककै रुपमा पेसा गर्ने पेसाकर्मी, 'मनोचिकित्सा' नै अध्यापन गर्ने शिक्षक, अनि मनोरोगीहरुकै उपचार गर्ने डाक्टर बन्न पुगियो।

हेरिल्याउँदा, मनोचिकित्सक बनेको पनि साढे सात वर्ष भएछ। मनोरोगीहरुलाई मात्र नभई मनोचिकित्सकलाई पनि (‘साइको डाक्टर’का रुपमा) उपेक्षा भाव प्रदर्शन गर्ने खालको छ हाम्रो समाज। यहाँ मानसिक रोगीको पहिचान गरी तिनलाई उपचार प्रक्रियामा ल्याउने अनि उपचार भएकाहरुलाई पुनः रोगी बन्न नदिनका लागि निरन्तर औषधोपचार गर्ने नियमित प्रक्रियाको विकास भइसकेको छैन। तिनको आत्मसम्मानमा आघात नपुगोस् भनेर गरिनुपर्ने पारिवारिक अनि सामाजिक सरसहयोग आदिका बारेमा खुल्ला छलफल चलाउने वातावरण तयार गर्न पनि त्यत्ति सजिलो भने छैन।

दीर्घ किसिमका मनोरोगीहरु (जस्तैः ‘सिजोफ्रेनिया’, ‘साइकोसिस’) अनि लागूपदार्थजनित मानसिक समस्या (हाम्रोमा अत्याधिक मद्यपान)ले प्रभावित किशोर–युवावर्ग, एवं ‘डिमेन्सिया’ जस्ता रोगले पीडित वयस्कजन सबैलाई गरिनुपर्ने स्याहारसुसार अनि पुनर्स्थानाको अवधारणामा ल्याई तिनको उपचार गर्न अझै सम्भव हुन सकेको छैन हाम्रो मुलुकमा।

हाम्रो देश जहाँ ०.१ प्रतिशतभन्दा पनि कम बजेट 'मानसिक स्वास्थ्य'का लागि छुट्याइन्छ, जहाँ 'मानसिक स्वास्थ्य' हेर्ने केन्द्रीय निकाय नै छैन (मन्त्रालयस्तरमा समेत), अनि केही निजी अस्पताल (एउटा केन्द्रीय मानसिक अस्पताल बाहेक) र सीमित रुपमा मेडिकल कलेजहरुका मानसिक स्वास्थ्य इकाइहरुले मानसिक रोगीहरुको उपचार गरिरहेका छन्। त्यस्ता उपचार पनि ८० प्रतिशतभन्दा बढी सहरी क्षेत्रमै सीमित छन्। त्यस्तै, मानसिक स्वास्थ्य नीति अझै पूर्ण कार्यान्वयनमा आएको छैन। प्राथमिक तहसम्म मानसिक स्वास्थ्य सेवा पुर्याउने नीति कागजी तहमै रहेको छ। त्यस्ता प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क रुपमा उपलब्ध हुनुपर्ने औषधिहरुमध्ये जम्मा तीनथरी मात्र मनोरोगीका लागि उपयोगी हुन सक्छ।

 यस्तो परिवेशमा अनुसन्धानको तहमा कसरी पुर्‍याउन सकिएला त 'मानसिक स्वास्थ्य'लाई?

केही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा सीमित रुपमा सीमितै जनसंख्यामा गरिएका जिल्लागत एवं क्षेत्रगत अध्ययनले केही मनोरोगको अवस्थिति नेपालमै पनि अन्तर्राष्ट्रिय अध्ययनहरुकै हाराहारीमा उल्लेखनीय रहेको दर्शाएका छन्। तर राष्ट्रियस्तरमै बृहत् अध्ययन नभईकन कसरी 'मानसिक स्वास्थ्य'मा रहेको समस्या पहिचान गर्न सकिएला र? 'नेपाली मन'भित्रको पीडा पूर्ण रुपले अन्वेषण नगरीकन कसरी स्वास्थ्य नीतिनिर्मातालाई यसतर्फ घचघच्याउन सकिएला र?

भौगोलिक, सामाजिक एवं सांस्कृतिक विविधता, जटिलता, अनि संक्रमणकालीन तरल राजनीतिक व्यवस्था, आर्थिक विपन्नता, अल्पविकसित अवस्थामा रहेको हाम्रोजस्तो मुलुकको मनोसामाजिक अवस्थाको अन्वेषण आफैमा एक चुनौती छ। तापनि मौलिक तथ्यांक नै पस्किन सक्ने सम्भावना बोकेको यथार्थलाई बिर्सन मिल्दैन। पश्चिमी संस्कृति एवं समाजमा विकसित भएका अध्ययन सामग्रीहरु कत्तिको उपयोगी हुन सक्लान् हाम्रो पूर्वीय सामाजिक परिवेशमा? हामीले आफ्नै समाज र संस्कृति सुहाउँदो अध्ययन सामग्रीको निर्माण गर्नुपर्ने होइन र?

Ncell 2
Ncell 2
nimb
nimb

उपरोक्त सबै प्रश्नहरुको उत्तर एकैसाथ दिन सम्भव त नहोला, तर अध्ययन नै नगरी भन्न सकिने पनि त होइनन्। त्यसैले अध्ययन अन्वेषणको सुरुवात अध्ययनबाटै मात्र हुन सक्छ। तर, स्रोतको सीमितताका कारण खुम्चिएरै रहन विवश हाम्रो जस्तो मुलुकले वैज्ञानिक शोध–अध्ययनकार्यमा अनुभवी मुलुकबाट सहयोग नलिई यस्तो कार्यको उठान गर्न सम्भव भने छैन।

 यिनै पक्षहरुलाई विचार गरेर हामीले 'नेपाली मन'हरुलाई देशव्यापी रुपमा नै पछ्याउने संकल्प लियौं। यस कार्यमा सामेल हुन पाएकोमा मलाई गर्व अवश्य छ। 'विश्वभरि नै अत्याधिक मात्रामा रहेका दुई प्रमुख मानसिक समस्या- ‘एङ्गजाइटी’ र ‘डिप्रेसन’ हुन्। नेपाली जनमानसमा राष्ट्रियस्तरमै कत्तिको प्रभाव पारेका छन् यी समस्याले? यही नै मूल प्रश्नको समाधान खोज्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयको मेडिकल स्कुल (धुलिखेल अस्पताल) अनि नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको सामूहिक प्रयत्नमा गरिएको चार वर्ष लामो अध्ययन नेपालको मनोचिकित्सा क्षेत्रलाई दिशानिर्देश गर्न सफल भयो।

प्रथमतः अंग्रेजी भाषमा रहेको अध्ययन सामग्रीलाई नेपालीमा उल्था मात्र नगरी नेपाली सामाजिक धरातलमै उपयोग गर्न मिल्ने गरी परिस्कृत गरिएको थियो। विश्वभर नै अत्यधिक असमर्थताको कारकतत्व मानिएका, एकआपसमा अत्यन्तै अन्तर्सम्बन्धित भएर रहेका ‘एङ्गजाइटी’ र ‘डिप्रेसन’ जस्ता मनोरोग  नेपालमा पनि अत्यधिक मात्रामा रहेको पाइयो। साँच्चै अन्योन्याश्रित रुपमा रहेका, अनि असमर्थताका प्रमुख कारकतत्वकै रुपमा यी समस्या भेटियो। यी दुवै मनोरोग ‘माइग्रेन’ तथा अन्य दीर्घ रुपमै ‘टाउको दुख्ने समस्या’हरु, ‘न्युरोटिसिज्म’ नामक व्यक्तित्वजन्य गुणसँग, अनि जीवनको गुणत्मकता (‘क्वालिटी अफ लाइफ’) मा आउने कमीसँग पनि अत्यन्तै सम्बन्धित पाइए। ‘एङ्गजाइटी’ र ‘डिप्रेसन’ जस्ता मनोरोगहरु 'नेपाली मन'हरुलाई व्यथित पार्ने कारकतत्व अनि नेपालको महत्वपूर्ण स्वास्थ्य समस्याको रुपमा रहेको तथ्य स्थापित गर्‍यो यो अध्ययनले।

हुन त यो एउटा अध्ययनले देशभरिकै 'मानसिक समस्या'को पहिचान गरेको या सम्पूर्ण 'नेपाली मन'को पीडालाई आत्मसात गरेको भनेर ठोकुवा गर्न सक्दिनँ। एउटा तथ्य भने सत्य हो, यस अध्ययनकार्यले भविष्यमा अन्य मनोरोग पनि पछ्याउन मार्गनिर्देशन अवश्य गरेको छ। मानसिक स्वास्थ्यको क्षेत्रमा अब गरिने सर्वेक्षण, अन्वेषण कार्यका लागि पृष्ठभूमि निर्माण गरिसकेका छौं हामीले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैले सबै प्राज्ञिक, मनोवैज्ञानिक अनि मनोचिकित्सक अन्वेषकहरुलाई हामी आह्वान गर्न चाहन्छौं, 'नेपाली मन'हरुलाई अझै पछ्याऔं। नेपाली अध्ययन सामग्रीहरु तयार गरौं, नेपालमा अरु पनि कति मनोरोग छन्, तिनको संख्या अद्यावधिक गरौं, तिनको अवस्था र तिनले देखाएका परिणामहरु केलाउन सुरु गरौं, सधैं अक्टोबर १० मा मनाइने, भर्खरै सम्पन्न भएको ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसर पारेर यही संकल्प गरौं। किनकि, हामी सबैको हातेमालोबाट मात्र सम्पन्न हुन सक्ने यो प्रयासले नेपालमा मनोचिकित्साको क्षेत्रमा नयाँ आयाम खुल्न सक्नेछ, अनि नीति निर्माताहरुलाई यथेष्ट दिशाबोध गर्न सक्नेछ।

अन्ततोगत्वा, यसले मनोरोगीहरुलाई नै रोग निवारणतर्फ डोर्याउनेछ, अनि 'नेपाली मन'हरुलाई नै सन्तुष्ट बनाउनेछ।

डा रिसाल धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालयका मानसिक रोग विशेषज्ञ हुन्।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०७४  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्