काठमाडौं – नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर, कार्यकारी निर्देशक र अधिकृतस्तरका कर्मचारीलाई बैंक वित्तीय संस्थामा संलग्न हुन अंकुश लगाएको छ।
बैंकले सोमबार निर्देशन जारी गर्दै डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई ३ वर्ष र अधिकृतस्तरको कर्मचारीले २ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने नयाँ व्यवस्था गरेको हो। राष्ट्र बैंकले ३ वर्ष समय बितिसकेपछि पनि बैंक तथा वित्तीय संस्थामा जागिर खानका लागि केन्द्रीय बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने र पूर्वस्वीकृति हेरेर मात्र नियुक्त गर्नका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।