काठमाडाै - मैतीदेवी पेट्रोलियम स्यप्लार्स र चुच्चेपाटी फ्युल सेन्टरले पल्सर र सेन्सर युनिटको सिल किर्ते गरी नक्कली सिल प्रयोग गरी तेल बेच्चेको प्रमाणित भएको छ।
नक्कली सिल प्रयोग गर्ने दुबै पम्पलाई गुणस्तर तथा नापतौल विभागले सिलबन्दी तथा कारोबार रोक्का गरी थप कानुनी कारबाही सुरु गरेकाे छ।
यी पम्पसञ्चालक सँग बयान लिँने र जाली काँटा प्रयोग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।