काठमाडाैं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्यरुपमा चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराएकाे हो।
सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ति हुनैपर्नेमा जाेड दिए। चार्टर्ड एकाउन्टेन्ट नराख्ने वित्तीय संघसंस्थाहरु पारदर्शी नहुने उनको भनाइ छ।
गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर थप एक दर्जन चार्टर्ड एकान्टेन्ट तत्काल नियुक्त गर्ने घोषणा पनि गरे।
गभर्नर नेपालले मुलुकमा चार्टर्ड एकाउन्टेन्टहरुको माग बढ्दै गएको दाबी पनि गरे। मुलुकमा आर्थिक क्रियाकलाप बढ्न थालेको र त्योसँगै चार्टर्ड एकाउन्टेन्टहरुको माग पनि बढ्दै जाने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।