काठमाडौं– नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ साथमा राख्न र ओसारपसार गर्न रोक लगाएको छ। बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठूला दरका भारु नचल्ने बनाएको हो।
राष्ट्र बैंकले २०१६ नोभेम्बर ९ मा भारत सरकारले ५ सय र १ हजार दरका भारु नोट चलनचल्तीबाट हटाएकाले त्यस्ता नोटको कारोबार नगर्न भनेको छ।
त्यसैगरी उसले हाल भारतमा चलनचल्तीमा रहेका २ सय, ५ सय र २ हजार दरका नोट पनि साथ राख्न, ओसारपसार गरे कारबाही गरिने जनाएको छ।
यद्यपि केन्द्रीय बैंकले १ सय भारु र त्यसभन्दा साना दरका नोट तथा मुद्रा चलनचल्तीमा लैजान र सटही गर्न सकिने जनाएको छ।
२०७५ मंसिर २७ गते को मन्त्रिपरिषद बैठकले भारु २ सय, ५ सय र २ हजार दरका नोट चलनचल्तीमा नरहने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।