काठमाडौं– बैंक तथा वित्तीय संस्थाको करको लेखा परीक्षण (अडिट) ४ वर्षपछि मात्र हुने गरेको पाइएको छ। बैंक तथा वित्तीय संस्थाको असहयोगको कारण करको लेखा परीक्षण ढिला भएको हो।
वित्तीय संस्थाहरुले आवश्यक विवरण समयमा उपलब्ध नगराउँदा लेखा परीक्षण पुनरावलोकन ४ वर्षपछि मात्रै गर्न सम्भव भएको ठूला करदाता कार्यालयका एक कर अधिकृतले बताए।
‘बैंक तथा वित्तीय संस्थाले करदाता कार्यालयमा समयमा कागज उपलब्ध नगराउँदा समयमा बैंकको करको लेखा परीक्षण पुनारावलोकन हुन नसकेको हो’, उनले भने, ‘लेखा परीक्षणका लागि बोलाउँदा बैंकरहरुले अनेक बहान बनाएर सार्ने गरेका छन्।’
यद्यपि बैंकहरुले आर्जन गरेको अनुसार नाफा र अन्य विषयमा तिर्नुपर्ने करका विषयमा प्रत्येक वर्ष लेखापरीक्षण हुनुपर्ने हुन्छ। कानुनले पनि ठूला करदाता कार्यालयलाई यस्तो अधिकार दिएको छ।
यता ठूला कारदाता कार्यालयका प्रमुख कर अधिकृत धनिराम शर्माले भने अर्को वर्षदेखि बैंकको करको लेखापरीक्षण पुनारावलोकन नियमित हुने बताए।
‘अहिले भर्खर चार वर्ष अगाडि (२०७०/०७१) को बैंकको कर अडिट भएको छ।’ उनले भने, ‘अब छिट्टै अर्को वर्ष (२०७१/०७२)को अडिट सकाएर अर्को वर्षदेखि बैंकको कर नियमित अडिट गर्ने छौं।’
करदाता कर्यालयले भखरै मात्र आर्थिक वर्ष २०७०/०७१ को बैंकको करको लेखा परीक्षण पुनारावलोकन सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।