काठमाडौं– १५औं अनसन तोडाउन आफूसँग सरकारले गरेको सहमति विपरित चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपछि डा गोविन्द केसी १६औं अनसन बसिरहेका छन्। इलाममा उनी गएकाे पुस २५ देखि अनसनमा बसेका छन्।
उनले आफूसँग भएको सहमतिअनुसार विधेयक ल्याउन माग गरेका छन्। तर, संसदीय समितिबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकाे फरक मतका बीच बहुमतले विधेयक पारित भएकाे थियाे।
समितिबाट पारित प्रतिवेदन आज संसदमा पेस हुने भएको छ।
समितिकी सभापति जयपुरी घर्तीले संसदमा प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। आइतबार १२ बजे बस्ने प्रतिनिधिसभा बैठकमा घर्तीले प्रतिवेदन पेस गर्ने छिन्।
याे पनि पढ्नुस्: डा केसीसँगको सम्झौता र समितिको प्रतिवेदनमा कहाँ छ फरक?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।