काठमाडौं- माथिल्लो तामाकोसी हाइड्रोपावरको कारोबार आइतबारदेखि खुलेको छ।
कम्पनीको साधारण सेयर (आइपिओ) लाई नेप्सेले ७४ रुपैयाँ ८९ पैसादेखि २ सय २४ रुपैयाँ ६७ पैसासम्मको सुरुवाती कारोबार (ओपनिङ रेन्ज) दिएको छ। कम्पनीको सेयर नेप्सेमा ‘युपिपिइआर’ को सिम्बोलमा कारोबार हुन्छ।
कम्पनीको १० करोड ५९ लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।
सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो सेयर बिक्री गर्न सक्नेछन्। तर स्थानीय बासिन्दाले किनेको सेयर भने ३ वर्षसम्म कारोबार हुनेछैन।
माथिल्लो तामाकोसीले गत कात्तिक १५ देखि १९ गतेसम्म १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो। यसमध्ये १ करोड ५० लाख ९० हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त सेयरको बाँडफाँट मंसिर ११ गते भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।