• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ३ का ६ जिल्लामा वाम गठबन्धनलाई चुनौती दिँदै कांग्रेस, कसको पल्ला भारी?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ७, २०७४  १०:११
1140x725

काठमाडौं– प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये ६ वटामा मंसिर १० गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ। यी ६ जिल्लामा गरी प्रतिनिधिसभाका लागि ९ वटा निर्वाचन क्षेत्रहरु छन्। 

यहाँका ९ निर्वाचन क्षेत्रमध्ये वाम गठबन्धनका तर्फबाट ६ वटामा एमालेका उम्मेदवार छन् भने ३ वटामा माओवादीका। माओवादीका उम्मेदवार नुवाकोट १, सिन्धुपाल्चोक १ र रामेछापबाट प्रतिस्पर्धा गर्दैछन्। 

लोकतान्त्रिक गठबन्धनबाट भने १ स्थानमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्। बाँकीमा नेपाली कांग्रेसले नै आफ्ना उम्मेदवार उठाएको छ।

६ जिल्लाका ५९ स्थानीय तहमध्ये ३२ वटामा एमाले, १६ मा कांग्रेस, ९ मा माओवादी र १/१ स्थानमा राप्रपा र नयाँ शक्तिले नेतृत्व गरिरहेका छन्। स्वाभाविक रुपमा यहाँ वामपन्थी गठबन्धनमा सामेल दलहरुको वर्चस्व देखिन्छ।

२०७० को संविधानसभाको चुनावी नतिजा हेर्दा यी क्षेत्रमा एमाले बलियो देखिन्छ। त्यतिबेला यी ६ जिल्लाका १४ निर्वाचन क्षेत्रमध्ये एमाले एक्लैले ७, कांग्रेसले ५ र माओवादीले २ क्षेत्रमा जितेका थिए।

नुवाकोटः यहाँका १२ स्थानीय तहमध्ये कांग्रेसले ७, एमालेले ३ र माओवादीले २ वटामा जितेका थिए। प्रतिनिधिसभाको लागि साबिकमा ३ वटा स्थानीय तह रहेको नुवाकोटमा यसपटक २ वटा मात्रै क्षेत्र रहेका छन्। २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा भने कांग्रेसले ३ वटै क्षेत्रमा जित हासिल गरेको थियो।

क्षेत्र नम्बर १ मा शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका पर्छन्। यी ७ स्थानीय तहमध्ये ५ वटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने २ वटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। 

स्थानीय तहको निर्वाचनमा यहाँबाट कांग्रेसले २२ हजार ७ सयभन्दा बढी मत पाएको थियो। त्यस्तै, एमालेले झन्डै १८ हजार १ सयभन्दा बढी मत प्राप्त गर्यो। माओवादीले भने १८ हजार ७ सयभन्दा बढी मत ल्याएको थियो। यहाँबाट कांग्रेसका रामशरण महत र माओवादीका हितबहादुर तामाङ प्रतिस्पर्धा गर्दैछन्। एमाले र माओवादीका विगतका मतदाताले वाम गठबन्धनलाई रोजेमा कांग्रेसका 'हेभीवेट' नेताविरुद्ध जित हासिल गर्न सक्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

क्षेत्र नम्बर २ मा बेलकोट गढी नगरपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका, मेघाङ गाउँपालिका, किस्पाङ गाउँपालिका पर्छन्। यहाँका ५ स्थानीय तहमध्ये एमालेले ३ र कांग्रेसले २ वटामा जितेका थिए। स्थानीय तहको निर्वाचनमा एमालेले २३ हजार ८ सयभन्दा बढी, नेपाली कांग्रेसले १९ हजार ४ सयभन्दा बढी र माओवादीले १५ हजार ५ सय मत पाएको थियो। यहाँ कांग्रेसका चर्चित नेता अर्जुननरसिंह केसीविरुद्ध एमाले नेता नारायणप्रसाद खतिवडा प्रतिस्पर्धा गर्दैछन्। स्थानीय तहको चुनावमा कांग्रेसले भन्दा एमालेले बढी मत पाएको र उसलाई माओवादीको पनि मत थपिँदा वामपन्थी गठबन्धन बलियो देखिन्छ। 

धादिङः धादिङमा पनि २ वटा निर्वाचन क्षेत्र रहेका छन्। दुवै क्षेत्रमा एमालेको बलियो पकड देखिन्छ। जिल्लामा रहेका १३ स्थानीय तहमध्ये एमालेले ८ वटाको नेतृत्व गरिरहेको छ भने कांग्रेसले ३, माओवादीले १ र राप्रपाले १ स्थानको नेतृत्व गरिरहेको छ।
 
क्षेत्र नम्बर १ मा धुनीबेँसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका पर्छन्। यी ६ तहमध्ये ५ वटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका थिए। त्यसैले पनि यसलाई वाम गठबन्धनको बलियो क्षेत्र मान्न सकिन्छ। यहाँबाट एमाले उम्मेदवार भूमि त्रिपाठी र कांग्रेसका उम्मेदवार विश्व अर्याल प्रतिस्पर्धा गर्दैछन्।
 
त्यस्तै, क्षेत्र नम्बर २ मा रहेका ७ स्थानीय तहमध्ये एमालेले ३, कांग्रेसले ३ र राप्रपाले १ ठाउँको नेतृत्व गरिहेका छन्। स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट एमालेले २३ हजार ८ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले २६ हजार ३ सयभन्दा बढी मत पाएको थियो। यहाँबाट एमालेका उम्मेदवार खेम लोहनी र कांग्रेसका उम्मेदवार दिलमान पाख्रिन प्रतिस्पर्धा गर्दैछन्। लोहनीले जिताका लागि माओवादी केन्द्रका मतदाताको भर पर्नुपर्ने देखिन्छ। यो क्षेत्रबाट स्थानीय तहमा माओवादीले ७ हजारभन्दा बढी मत पाएको थियो।
 
दोलखाः जिल्लामा रहेका ९ स्थानीय तहमध्ये एमालेले ७ र कांग्रेसले २ स्थानको नेतृत्व गरिरहेका छन्। एउटा मात्रै निर्वाचन क्षेत्र भएको यो जिल्लामा एमालेले झन्डै ४० हजार मत पाएको थियो। नेपाली कांग्रेसले भने ३० हजार मत कटाएन। त्यसैले पनि यहाँ एमाले एक्लै बलियो देखिन्छ। माओवादीले पाएको मत जोड्दा वामपन्थी गठबन्धन निकै बलियो हुन आउँछ। यो क्षेत्रबाट एमालेका पार्वत गुरुङ र कांग्रेसका रुद्रबहादुर खड्काले प्रतिस्पर्धा गर्दैछन्।

रामेछापः यस जिल्लामा पनि वामपन्थी गठबन्धन बलियो देखिन्छ। ८ स्थानीय तहमध्ये एमाले एक्लैले ५ वटा स्थानको नेतृत्व गरिरहेको छ भने माओवादीले २ र कांग्रेसले १ स्थानको नेतृत्व गरिरहेको छ। स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले झन्डै ३८ हजार मत पाएको थियो। कांग्रेसले भने २७ हजार ३ सयभन्दा केही बढी मत मात्रै पाएको थियो। यहाँ पनि माओवादीको मत नपाउँदै पनि कांग्रेसभन्दा एमाले बलियो छ। माओवादीले पाएको २४ हजार ६ सयभन्दा बढी मत समेत वामपन्थी गठबन्धनको पोल्टामा पर्ने हो भने उच्च मतान्तर सहितको जित निसक्नेछ।

जिल्लामा वामपन्थी गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठ र का‌ंग्रेसका उम्मेदवार पूर्णवहादुर तामाङ प्रतिस्पर्धामा छन्। स्थानीय तहमा एमालको उच्च मत आएता पनि एमालेले माओवादीलाई सघाउनुपर्ने अवस्था गठबन्धनले सिर्जना गरिदिएको छ। स्थानीय तहमा एमालेलाई मत हालेका मतदाताले माओवादीलाई मत दिन्छन् कि दिन्नन् भन्ने कुराले नतिजामा प्रभाव पार्ने छ। माओवादीले एमालेका कार्यकर्ताको इमानदारिता र कांग्रेसले वाम गठबन्धनको असन्तुष्टिको कति फाइदा लिन सक्छन्, नतिजा त्यसमा भर पर्ने छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिन्धुपाल्चोकः यहाँको १२ स्थानीय तहमध्ये एमालेले ७ वटा, कांग्रेसले ३ वटा र माओवादीले २ वटा स्थानीय तहमा जित हासिल गरेका थिए। जिल्लामा प्रतिनिधिसभाको लागि २ वटा निर्वाचन क्षेत्र रहेका छन्।
 
क्षेत्र नम्बर १ मा पर्ने ८ स्थानीय तहमध्ये ४ मा एमाले, २ मा माओवादी केन्द्र र २ मा नेपाली कांग्रेसले नेतृत्व गरिरहेका छन्। यो क्षेत्रमा पर्ने स्थानीय तहमा एमालेले २२ हजारभन्दा बढी र माओवादीले १६ हजार ३ सयभन्दा बढी मत पाएका थिए। कांग्रेसले पाएको मत १९ हजारभन्दा बढी मात्रै हो। चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्र नम्बर १ र २  दुवैतिर बाँडिएकाले सो ठाउँको मत यहाँ मत समावेश गरिएको छैन।

यस क्षेत्रमा माओवादीका अग्निप्रसाद सापकोटाविरुद्ध कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिस्पर्धा गर्दैछन्। वामपन्थी मतदाताले गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको अवस्थामा यहाँ पनि उनीहरुले ठूलो मतान्तर सहित जित्न सक्छन्। स्थानीय तहमा एमालेलाई सघाएका मतदाताको मत बाँडिएको अवस्थामा नतिजा लोकतान्त्रिक गठबन्धनतिर जान पनि सक्छ।

क्षेत्र नम्बर २ मा भने वामपन्थी गठबन्धनका तर्फबाट एमालेका शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा प्रतिस्पर्धा गर्दैछन्। यस क्षेत्रका स्थानीय तहमध्ये एमालेले २, कांग्रेसले २ र माओवादीले १ तहमा नेतृत्व गरिरहेका छन्। यो क्षेत्रका लागि चौतारा साँगाचोकगढी नगरपालिका पुनः जोडिएको छ। माओवादीले जितेको सो नगरपालिका बाहेकका अन्य स्थानीय तहमा एमालेले २० हजार ९ सयभन्दा बढी, कांग्रेसले १९ हजार ६ सय बढी र माओवादीले ९ हजार ७ सयभन्दा बढी मत पाएका थिए। 

यहाँ पनि जितका लागि वामपन्थी गठबन्धनलाई मतदाताले रुचाउनुपर्नेछ। मतदाता बाँडिएको अवस्थामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राणालाई फाइदा पुग्न सक्छ। २०७० को संविधानसभा चुनावमा पनि यी दुवै उम्मेद्वार एकापसमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो, जसमा तामाङले राणालाई २ हजार ५ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका थिए।

रसुवाः एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा ५ वटा स्थानीय तह रहेका छन्। तीमध्ये २ वटा एमाले, २ वटा कांग्रेस र १ स्थानमा नयाँ शक्तिले नेतृत्व गरिरहेका छन्। जिल्लाका ५ स्थानीय तहमा एमाले र कांग्रेसको झण्डै बराबर अर्थात् ७ हजार १ सयभन्दा केही बढी छ। माओवादीको ३ हजार ६ सयभन्दा बढी र नयाँ शक्तिको ४ हजारभन्दा बढी मत छ। गोसाइकुण्ड गाउँपालिका र नौकुण्ड गाउँपालिकाको अध्यक्षका लागि माओवादी उम्मेदवारको मत प्राप्त नभएकाले उनीहरुको उपाध्यक्षको मत जोडिएको छ। वाम गठबन्धनका संयुक्त उम्मेदवार एमालेका जनार्दन ढकाल र कांग्रेसका उम्मेदवार मोहन आचार्य प्रतिस्पर्धा गर्दैछन्।  स्थानीय तहका अध्यक्षहरुलाई खसेको मतअनुसार लोकतान्त्रिक गठबन्धनलाई केही सहज देखिन्छ।


प्रदेश–१ का ७ प्रतिनिधिसभा क्षेत्रमा वाम गठबन्धन बलियो, यस्तो छ मतको हिसाब

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ माैसम पूर्वानुमान ?
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै
डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो
सम्बन्धित सामग्री
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको परराष्ट् मन्त्रालय स्रोतले जनाएको छ । बिहीबार, कात्तिक १९, २०८३
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह “अतः सरकारबाट प्रस्तावित अध्यादेश प्रमाणीकरण नगर्न सम्माननीय राष्ट्रपतिसमक्ष महासंघ जोडदार माग गर्दछ। र, नेपाल पत्रकार महासंघलगायत स... बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपी केसीले के भने ? केसीले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आ... बुधबार, कात्तिक १८, २०८३
ताजा समाचारसबै
के छ माैसम पूर्वानुमान ? बिहीबार, कात्तिक १९, २०८३
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै बिहीबार, कात्तिक १९, २०८३
डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो बिहीबार, कात्तिक १९, २०८३
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह बुधबार, कात्तिक १८, २०८३
ट्रम्पलाई मध्यावधि चुनावमा धक्का, अमेरिकी संसद्का दुवै सदनमा डेमोक्र्याटको बहुमत बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्