परशुराम धार्मिक पर्यटन महामहोत्सवको तयारी अन्तिम चरणमा, पूर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

ललित बोहरा

Nepal Live

डडेल्धुरा- परशुराम धार्मिक पर्यटन महामहोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ। डडेल्धुरा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका ५ मा महोत्सव हुन लागेको हो।

पुस ३० गतेदेखि माघ ८ गतेसम्म महोत्सवको गर्न लागिएको आयोजनक परशुराम नगरपालि प्रमुख तथा परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीम बहादुर साउँदले बताए। 

'चार धाममध्ये एक प्रमुख धामका रूपमा रहेको परशुराम क्षेत्रको पुरातात्त्विक धार्मिक महत्त्व तथा इतिहासबारे प्रचारप्रसार गरी प्रवर्द्धनमा टेवा पुर्‍याउन महोत्सव गर्न लागिएको हो,' उनले भने।

बिहीबारसम्म गेट निर्माण स्टल वितरण, महाज्ञयका लागि स्टेज लगायतका संरचना निर्माण अन्तिम चरणमा पुगेको छ।

३० गते कलश यात्रासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन हुने महामहोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग विज्ञान शिविर, नित्य पुजन, संगीतमय श्रीमद्‌भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन, दिवा कार्यक्रम, रात्रि कार्यक्रमहरु प्रस्तुत हुने मुल आयोजक समितिले जनाएको छ। 

'सबै तीर्थ पटकपटक परशुराम एकपटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ। भगवानका १० अवतारमध्ये परशुराम अवतार भएको उक्त धाम डडेलधुराको परशुराम नगरपालिका ५ महाकाली किनारमा रहेको छ।

डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाबाट ९७ किलोमिटर तथा कञ्चनपुर सदरमुकामबाट ५० किलोमिटरको दुरीमा रहेको परशुरामधाम महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ। 

परशुराम धाममा संगम, कुण्ड, विष्णुमन्दिर, चक्रतीर्थ, धर्मद्वार, वरपीपल, छत्रशीला, महालिंग, महाकाली नदी, एला, रेणुका लगायतका प्रमुख धार्मिक स्थल रहेका छन्। यहाँ वामघाट (वाङघाट), परशुराम घाट, देवघाट, परीकुण्ड, श्रीकुण्ड, सप्तहृद, एलाथीर्थ, परीतीर्थ, देउराहरू रहेका छन्। 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने