Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेविसंघलाई दुई विकल्प : विघटन वा तदर्थ समिति

१६ जिल्लामा मात्रै अधिवेशन
64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०७५  १२:३२
1140x725

काठमाडौं- दुईपटक कार्यकाल थपिएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ विघटन वा तदर्थ समितिबाट सञ्चालित हुने अनिश्चिततामा पुगेको छ।

भदौ २ मा सकिएको वर्तमान पदाधिकारीको कार्यकाल दुईपटक थपिएको थियो। निर्धारित समयमा १२औं महाधिवेशन हुन नसकेपछि पहिलोपटक २ मंसिरसम्मका लागि तीन महिना थपियो। उक्त समयमा पनि महाधिवेशन नभएपछि पार्टी केन्द्रीय समितिको बहुमतको आधारमा २ माघसम्मका लागि कार्यकाल लम्ब्याइएको थियो। पार्टीको केन्द्रीय कार्यसमितिमा विवादका बीच समय बढाइएपछि पार्टी नेताहरुले केन्द्रीय समितिमै फरक मत राखेका थिए। 

थपिएको दुई महिनामा १२ औं महाधिवेशनको कार्यतालिका अनुरुप प्रक्रिया अघि बढ्न नसक्ने संस्थापन इतर समूहका नेताहरुको तर्क थियो। इतर समूहका नेताले वर्तमान कार्यसमितिले नै १२औं महाधिवेशन गराउनुपर्ने अडानसहित ६ महिना अवधि थप्न माग गरेका थिए। पुस अन्तिम साता हुने गरी तोकिएको १२ औं महाधिवेशनमा कार्यतालिका प्रभावित भएपछि संघ विघटन वा तदर्थ समितिले अघि बढ्ने अन्योल भएको छ।  

१६ जिल्लाको मात्रै अधिवेशन
पुस १४ गते अर्घाखाँचीबाट संघको जिल्ला अधिवेशन सुरु भएको थियो। हालसम्म १६ जिल्लाको मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रदेश १ मा झापा, पाँचथर, ताप्लेजुङ र भोजपुरमा अधिवेशन भएको छ। प्रदेश २ का कुनै पनि जिल्लामा अधिवेशन हुन सकेन। महोत्तरीमा उद्धघाटन भए पनि नेतृत्व चयन हुन नसकी रोकिएको थियो। त्यसैगरी, प्रदेश ३ मा पनि कुनै जिल्लामा अधिवेशन हुन सकेको छैन। 

गण्डकी प्रदेशका गोर्खा र मुस्ताङ, प्रदेश ५ मा अर्घाखाँची, प्युठान, पूर्वी रुकुममा अधिवेशन भएको छ। कर्णाली प्रदेशका जाजरकोट, दैलेख, हुम्ला र डोल्पामा सकिएको छ भने सुदूपश्चिम प्रदेशका दार्चुला र बैतडीमा मात्रै अधिवेशन भएको छ। 

मुगु, धादिङ, तनहुँ, मकवानपुर, जुम्ला, खोटाङ, इलाम लगायतका जिल्लामा अधिवेशन हुने प्रक्रियामा छन्। तर हुने/नहुने अन्योल कायमै छ।

जिल्ला अधिवेशनमा आ–आफ्नो स्वार्थ अनुरुप ३२ वर्षमुनिका नेताहरु खटिएका थिए। देउवा पक्षबाट प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र पवन यादवले सक्रियता बढाए। पौडेल समूहका शिव रिमालले पनि दौडधूप गरे। पौडेल समूहका सागर परियारको सक्रियता पनि बढेको थियो।

विवादित हुने डरले कतिपय विद्यार्थी नेताहरु आफूलाई तोकिएको जिल्लामा जिम्मेवारी बहन नगरी अधिवेशन भएका जिल्ला पुगेका थिए। जिम्मेवारी बहन गर्न नसक्नेमा उपाध्यक्ष पवन यादव पनि छन्। जिम्मेवारीमा परेको चितवनमा उनले एउटै बैठक गर्न सकेनन्। कोषाध्यक्ष रिमाललाई जिल्ला अधिवेशन गराउन सहज जिल्ला मुस्ताङ परेको थियो। नवराज त्रिपाठीको जिम्मेवारीमा परेको पद्मकन्या क्याम्पसमा पनि जाडो बिदा परेकाकाले बैठक हुन नसकेको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रो धारबाट सुशील भट्ट, नवराज त्रिपाठी, डोजाङ शेर्पा, गणेश सापकोटा, निमा गिरी र निरञ्जन थापा जिल्ला दौडाहामा निस्केका थिए। 

कहाँ कुन पक्षका निर्वाचित?
प्रवक्ता विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको गृहजिल्ला झापामा सिटौला पक्षका राजेन्द्र उप्रेतीले अध्यक्षमा जितेका छन्।  पाँचथरमा संस्थापन इतर समूहका तुलसी आचार्य निर्वाचित भए। ताप्लेजुङमा देउवापक्षीय विश्व नाल्बो विजयी भएका छन् भने भोजपुरमा इतर समूहका तारजन राईले जिते।

गोर्खा र अर्घाखाँचीमा सिटौला पक्षका क्रमशः सुवास अधिकारी र भरत भट्टराई चयन भएका छन्। मुस्ताङमा असिम शेरचन चुनिए।  प्युठान र पुर्वी रुकुममा संस्थापन पक्ष पछि परेको छ। ती जिल्लामा इतर समूहबाट एनपी मगर र सुमन बुढामगर विजयी भए।

जाजरकोट, डोल्पा, बैतडीमा देउवापक्षीय विद्यार्थी क्रमशः ललित बस्नेत, कुशल शाही र कपिल केसी चयन भएका छन्। हुम्लामा विजयी भएका धर्म जैशीको गुट छुट्टिएको छैन भने दार्चुलामा विजयी भएका रमेश भट्ट इतर समूहका हुन्।

Xtrem

Xtrem

महामन्त्री कुन्दनराज काफ्ले निकट रहेका केन्द्रीय सदस्य सुशील भट्ट बैतडीमा खटिएका थिए। २५ वर्षदेखि उक्त जिल्लामा अधिवेशन हुन सकेको थिएन।

तुलनात्मक रुपमा कमजोर देखिएको तेस्रो धारले सुदूरपश्चिम प्रदेशमा बढी समय खर्चिएको थियो। 

संघमा तीन चरित्र 
संघको महाधिवेशन गराउने/नगराउनेबारे लागि विद्यार्थी नेताहरुमा तीन चरित्र देखिएको थियो।

एक, जिल्ला अधिवेशन गर्नै हुन्न भनी केही विद्यार्थी नेताहरु लागेको बताइएको छ। संस्थापन पक्षीय विद्यार्थी नेता सरोज थापा,वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेता दीपक भट्टराई अधिवेशन गराउनका लागि सक्रिय देखिएनन्। उनीहरु निकटका विद्यार्थी नेताहरु जिल्ला प्रतिनिधि भए पनि अधिवेशन गर्न खटिएनन्।

दुई, समूहमा रहेका विद्यार्थी नेताहरुले जिल्ला अधिवेशन हुनुपर्छ भनि मौखिक स्विकृति जनाए पनि उनीहरुको भित्री इच्छा जिल्ला अधिवेशन नहोस् भन्ने रहेको एक विद्यार्थी नेताले आरोप लगाए। यस वर्गमा तिनै समूहका विद्यार्थी नेताहरु थिए। संस्थापन पक्षका पुष्प शाही, पौडेल पक्षका मनोजमणि आचार्य र सिटौला समूहका बलदेव तिमिल्सिनामा उक्त प्रवृति रहेको ती नेताले बताए।

तीन, जिल्ला अधिवेशन हुनैपर्छ भनी लाग्नेहरुमा केही नेता थिए। अधिवेशनको वातावरण बनाउन संघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले र उपाध्यक्षद्वय प्रकाश राना र नवीन राई थिए। 

शीर्ष नेताकै जिल्लामा भएन अधिवेशन
पार्टी सभापति देउवा र संघका अध्यक्ष महरको गृहजिल्लामा डडेल्धुराको एक गाउँपालिका मात्रै अधिवेशन भएको छ।

वरिष्ठ नेता पौडेल र संघका कोषाध्यक्ष शिव रिमालको गृहजिल्ला तनहुँमा पनि अधिवेशन हुन सकेन। 

संघको निर्देशक समितिका संयोजक डा प्रकाशशरण महतको गृहजिल्ला नुवाकोटमा पनि अधिवेशन भएन। महतका स्वकीय सचिव उत्तम पाठकको जिम्मेवारीमा रहेको उक्त जिल्लाको स्कुल र क्याम्पसमा अधिवेशन भने सकिइसकेको छ। पाठकको निष्क्रियताले नुवाकोटमा अधिवेशन हुन नसकेको बताइएको छ। 

महामन्त्री काफ्लेको गृहजिल्लामा पनि अधिवेशन हुन सकेको छैन। ११औं महाधिवेशनका क्रममा विवादित रहेको दाेलखामा दुई जिल्ला अध्यक्ष थिए। अध्यक्षमा रहेका महेश काफ्लेलाई मनाई महामन्त्रीले अर्का जिल्ला अध्यक्ष भीम खड्कालाई स्विकार्न मनाएका थिए। तर पनि, खोटाङमा जिल्ला अधिवेशन गराउन खड्काले सकेका छैनन्। 

विकल्प के?
पछिल्लो पटकका लागि निर्धारित गरिएको कार्यतालिका अनुसार महाधिवेशन गतिविधि बढेको भए शनिबार (पुस २८) देखि १२औं महाधिवेसन सुरु हुनुपर्नेछ। तर, हालसम्म १६ जिल्ला अधिवेशन भएर महाधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन।

नेविसंघका लागि अब दुई विकल्प देखिएका छन्। विघटन वा तदर्थ समिति; कुन विधिबाट संघलाई जीवन प्रदान गर्ने विषयमा पार्टी र संघबीच विवाद छ। इतर समूहले थपिएको दुई महिनामा अधिवेशन हुन नसक्ने अडान यसअघि नै राखिसकेको थियो। 

तदर्थ समितिमा संघमा नयाँ नेतृत्व आएमा ३२ वर्षे उमेर हद कायम हुने/नहुने मतान्तर छ। पौडेल पक्षीय विद्यार्थी नेता मनोजमणि आचार्यले थपिएको समयमा महाधिवेशन गर्न नसक्ने वर्तमान कार्यसमितिलाई निरन्तरता दिन नहुने यसअघि बताइसकेका छन्। महामन्त्री काफ्ले भने टीके नेतृत्व स्विकार नगर्ने तर्कमा छन्।

तदर्थ समितिका लागि ३२ वर्षे उमेर हद कायम नभएमा संघका पुरानै अनुहार अघि सर्नेछन्। यदि ३२ वर्षे उमेर हदलाई मान्यता दिएर तदर्थ समिति गठन भएमा अध्यक्षमा प्रेमराज जोशी, शिव रिमाल र सुशील भट्टको चर्चा छ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सभापति थापाको आग्रह– समय अझै बाँकी छ, ३० जनाले उम्मेदवारी फिर्ता लिनुस्
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि
सम्बन्धित सामग्री
कांग्रेस सभापति थापाको आग्रह– समय अझै बाँकी छ, ३० जनाले उम्मेदवारी फिर्ता लिनुस् नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशनको निर्वाचनमा उम्मेदवारी दिएका करिब ३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन... बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्दै नयाँ ढंगले अघि बढाउन आफू अडिग... बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदान समय दोस्रोपटक सरेको छ। निर्वाचन समितिका सदस्यस... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस सभापति थापाको आग्रह– समय अझै बाँकी छ, ३० जनाले उम्मेदवारी फिर्ता लिनुस् बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्