काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र आवश्यक्ता नभएको दाबी गरेका छन्।
अध्यक्ष थापाले विदेशीको दबाव र प्रभावमा लादिएकाले आफ्नो पार्टीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे।
मंगलबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय पार्टीको भेलामा बोल्दै थापाले भने, 'आन्दोलनको राप र तापमा पारेर लादिएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई हटाएर राजसंस्थासहितको हिन्दू राज्य स्थापना गर्ने लक्ष्यका साथ आफ्नो पार्टी अघि बढिरहेको छ।'
नेपालको पहिचानलाई जोगाई राख्न पनि मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने अध्यक्ष थापाको तर्क छ।
अध्यक्ष थापाले काँग्रेस र कम्युनिस्टले गलत बाटो लिएको दाबी गर्दै आफ्नो पार्टीलाई मुलुकको वैकल्पिक शक्तिको रुपमा विकास गर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।