काठमाडौं– नेपाली फिल्मका तीन हिरोइनको नाम लिँदा सुरुमा आउने नाम मध्येकै हुन्, केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा । यी तीन हिरोइनले गठबन्धन गरेका छन् र ‘कोहलपुर एक्सप्रेस’मा अभिनय सहयात्रा गर्ने निर्णय लिएका छन् ।
अभिनेत्री केकी अधिकारीले निर्माण गर्ने फिल्ममा तीन जना चल्तीका हिरोइन एकसाथ काम गर्न राजी भएका हुन् । केकी अधिकारीको होम प्रोडक्शन जुनकिरी आर्टस्ट निर्माण हुने फल्मको सोमबार घोषणा गरियो । कात्तिक १३ गतेबाट छायांकनमा जाने फिल्ममा एक खालको चुनौती समेत स्वीकारेका छन् । हिरोको काँधमा फिल्म बोकाउने नेपाली फिल्मको ट्रेन्डलाई उनीहरुले ब्रेक गर्न खोजेको देखिएको छ । फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने पुरुष कलाकारमा विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा छन्।
फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, कालिप्रसाद बाँस्कोटाको संगीत छ।
फिल्मको निर्देशन विशाल भण्डारीले गर्दैछन् । केकीले आफ्नो सपनाको फिल्म भनेकी छिन् यसलाई । फिल्ममा केकीको साथमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइको लगानी रहनेछ । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, गम्भिर बिष्टको नृत्य फिल्ममा रहनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।