काठमाडौं- नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले सडक दुर्घटनाबारे छलफलका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन्।
सडक दुर्घटनाले धेरैको ज्यान गएको भन्दै त्यसमाथि सरकारको ध्यानाकर्षण गराउँदै उनले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन्।
‘पछिल्लो ५ वर्षमा ४० हजार ७ सय ७७ दुर्घटना भए, जसमा ८ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ। यसरी हेर्दा एक वर्षमा सरदर २ हजार व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको' उनकाे प्रस्तावमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।