• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उदयपुर सिमेन्टको सफलता-सूत्र आयल निगममा सफल होला?

प्रबन्ध निर्देशकमा सुरेन्द्र पौडेलको नियुक्ति
64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०७५  ११:५२
1140x725

काठमाडौं– सोमबारको मन्त्रिपरिषद् बैठकले सुरेन्द्र पौडेललाई नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ। १७ जना प्रतिस्पर्धीलाई उछिन्दै पौडेल निगमको प्रमुख बन्न सफल भएका हुन्। 

पौडेल यस्ता व्यक्ति हुन् जसले डुब्नै लागेको सरकारी स्वामित्वको उदयपुर सिमेन्टलाई एकाध वर्षमै नाफामा लगेका थिए। उनै पौडेलले निगमको नेतृत्व सम्हालेसँगै निगमको सुधार हुने अपेक्षा त गरिएको छ, तर यस्तो काम उनका लागि ‘फलामको च्यूरा’ चपाएसरह हुने निगमकै अधिकारीहरू बताउँछन्। 

केही न केही काण्डमा प्रायः विवादमा आइरहने निगमलाई पौडेलले ४ वर्ष नेतृत्व दिनेछन्। 

थिति बसाल्ने चुनौती
नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व रहेका करिब ४० संस्थानमध्येमा पर्छ, आयल निगम। यसमा अधिकांश सेयर हिस्सा सरकारको छ। इन्धन कारोबारको एकाधिकार कायम रहेको निगम नेपाल सरकारको शक्तिशाली संस्थान अन्तर्गत नै पर्छ। 

निगमको अहिले वार्षिक कारोबार नै खर्ब भन्दा बढी छ। आर्थिक हिसाबमा निगम जति आकर्षक देखिन्छ, आन्तरिक रुपमा उति नै थङ्थिलो पनि छ। खासगरी पछिल्ला वर्षहरूमा निगमका देखिएका विकृतिका कारण निगमको छवि सङ्लो छैन। 

यसअघि निगम प्रमुख रहेका गोपालबहादुर खड्काको कार्यकालमा निगम सबैभन्दा बढी बदनाम भएकोे छ। इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा दसौं करोड घोटाला भएको आरोप निगममाथि लागेको छ। भलै, यो प्रकरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानभित्र छ। 

निगममा चरम बेथिति रहेको भने प्रष्टै छ। यसलाई पुष्टि गर्ने प्रमाण हो, सोमबारमात्रै अख्तियारले निगमका पूर्व प्रबन्ध निर्देशक खड्कामाथि विशेष अदालतमा दायर गरेको मुद्दा। उनीविरुद्ध अकुत सम्पत्ति आर्जनमा १८ करोडभन्दा बढी बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। 

जग्गा खरिदमात्र होइन, इन्धन बोक्ने ट्यांक÷ट्रकको अनुमति, ग्यास बुलेटको अनुमति प्रदान गर्दा चरम अनियमितता हुने गरेको आरोप निगममाथि लाग्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, निगम अधिकारीकै नेतृत्वमा तेल चोरी हुने गरेका घटना निगमलाई लागि सदावहार दाग लगाउने विषय हुन्। 

कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक मामिला पनि निगम प्रमुखका लागि सदा चुनौतीका विषय रहँदै आएका छन्। 

यिनै बेथितिलाई थितीमा ल्याउनुबाटै आगामी दिनमा निगमको नयाँ नेतृत्वको मूल्यांकन हुनेछ। 

पाइपलाइनदेखि भण्डारणसम्मको चुनौती
बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र बसेर काम गर्न त्यति सहज नभएको निगमकै अधिकारीहरू बताउँछन्। व्यवस्थापनमा चुकेकै कारण यसअघिका निगमका नेतृत्व बदनाम हुँदै आएका छन्। 

Xtrem

Xtrem

अहिले निगमका लागि सबैभन्दा ठूलो चुनौती इन्धन भण्डारण विस्तार गर्नु रहेको निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराई बताउँछन्। जग्गा खरिद गर्दा दसौं करोड भ्रष्टाचार भएको आरोप लागेर त्यो आरोप अख्तियार पुगेपछि विगत २ वर्षदेखि यसको काम अघि बढ्नै सकेको छैन। 

अहिले निगमसँग मुस्किलले एक सातालाई धान्न सक्ने परिमाणमामात्र इन्धन भण्डारण क्षमता छ। जसका कारण १÷२ दिनमात्र आपूर्ति गडबड हुँदा पनि त्यसले दोब्बर समयसम्म असहज स्थिति निर्माण गर्दै आएको छ। 

निगमको नयाँ नेतृत्वमाथि अब इन्धन भण्डारण क्षमता विस्तार र आपूर्ति व्यवस्थापन सहज गराउने ठूलो चुनौती छ। 

त्यस्तै, करिब दुई दशकअघिदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइन आयोजनालाई पूर्णता दिनु पनि निगम नेतृत्वको चुनौती हो। करिब ४१ किलोमिटरमध्ये अहिले २६ किलोमिटर पाइपलाइन विच्छ्याइएको त छ, तर सरकारी निकायको अवरोधका कारण काम अघि बढाउन असहज भइरहेको छ।

पाइपलाइन विस्तारका लागि वन र निकुञ्जको अवरोध हटाउन सके अबको केही समयभित्रै पाइपलाइन आयोजनाले पूर्णता पाउने निश्चित छ। तर, यसका लागि नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण ठहर्नेछ। 

समय–समयमा निम्तिने इन्धन आपूर्ति अवरोधका कारण जनताले सास्ती खेपिरहेका छन्। खासगरी निजी व्यवसायीको सिन्डिकेटका कारण यस्तो आपूर्ति असहजता निम्तिने गरेको छ। इन्धन क्षेत्रमा नेपाल पेट्रोलियम डिलर्स एसोसियसन, नेपाल ग्यास उद्योग संघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ लगायतको सिन्डिकेट छ। अबको नयाँ नेतृत्वका सामु त्यस्तो सिन्डिकेट तोड्नु पनि चुनौतीका रुपमा रहनेछ। 

भण्डारण क्षमता विस्तारको कामलाई अघि बढाउनु पनि निगम नेतृत्वलाई आगामी दिनमा सजिलो छैन। 

नयाँ नेतृत्वका अब एउटा सहज अवस्था भने छ, त्यो हो– नाफा–घाटाको हिसाबमा अल्झिनु नपर्ने स्थिति। जुन यसअघिका प्रमुखका लागि प्रमुख चुनौतीका रुपमा खडा हुँदै आएको थियो। अहिले निगम मासिक करिब २ अर्ब रुपैयाँ नाफामा छ। इन्धनको मूल्य स्वचालित प्रणाली अनुसार समायोजन हुने थिति बसिसकेकै कारण नयाँ नेतृत्वले यसमा धेरै टाउको दुखाउनुपर्ने छैन। 

यसबाहेक कर्मचारी व्यवस्थापन र आन्तरिक सुधारका काम पनि निगमको नयाँ नेतृत्वका चुनौती हुन्। 

राजनीतिक नेतृत्वले रुचाएको ‘पात्र’ 
पौडेल ययसअघि उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए। त्यहाँबाट राजीनामा गरेर उनले निगमको नेतृत्व ताकेका हुन्। हुनत उनी राजनीतिक नेतृत्वमा पनि रुचाइएका व्यक्ति मानिन्छन्। 

निगम नेतृत्वका लागि आवेदन दिएलगत्तै पौडेलकै नाम बढी चर्चामा थियो। १७ जनाको उम्मेदवारीबाट ‘सर्टलिस्ट’ मा परेका ५ जना हुँदै मन्त्रालयले ३ जनाको नाम सिफारिस गरेकामा उनी नै निगमको नेतृत्व हत्याउन सफल भए। पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्।

उदयपुर सिमेन्टको सूत्र निगममा पनि सफल होला? 
यसअघि उदयपुर सिमेन्टमा महाप्रबन्धक भएका पौडेल त्यहाँ सफल भएका थिए। ०७१ सालमा नेतृत्व पाएको एकाध वर्षमै डुब्नै लागेको उक्त सिमेन्टलाई नाफामा लैजान सफल भएका थिए। उनको कार्यावधिमा उक्त सिमेन्ट उद्योगले इतिहासमै सर्वाधिक उत्पादन गर्न सफल भएको छ। 

यही व्यवस्थापकीय कौशलका कारण उनले राजनीतिक नेतृत्वको मन जित्न सफल भएका थिए।

अब उनका सामू उदयपुर सिमेन्टकाे सफलताकाे सूत्र निगममा पनि लागू गराउने चुनाैती आइपरेकाे छ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्