काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीलाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले उनलाई बर्खास्त गरेको हो।
रेग्मी बर्खास्तगीमा परेपछि गुप्तचर प्रमखको जिम्मेवारी गणेश अधिकारीले सम्हालेका छन्। सोमबारनै उनले प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
रेग्मी आगामी जेठको दोस्रो साता ४ वर्षे सेवाका कारण अनिवार्य अवकासमा जाँदै थिए। त्यसअगावै प्रमुखको ४ वर्षे सेवा अवधिलाई ३ वर्षमा झार्दै रेग्मीलाई सरकारले बर्खास्त गरेको हो। ३० वर्षको सेवा अवधि हटाउने र प्रमुखको पदावधि ३ वर्षे कायम गर्ने सरकारको योजना छ।
सोहीअनुरुप अधिकारीलाई गुप्तचर प्रमुख बनाइएको स्रोतले बतायो। यदि ३० वर्षे सेवा अवधि नहटेको खण्डमा अधिकारी पनि आगामी असार मसान्तमा अनिवार्य अवकाशमा जानेछन्।
देशको एकमात्रै गुप्तचर निकाय प्रमुखलाई अकस्मात् हटाउनुलाई निकै महत्वका साथ हेरिएको छ। सरकारका गैह्रकानुनी कामकारबाहीका सूचना अख्तियारलाई चुहाएको आरोप रेग्मीलाई लाग्दै आएको छ। सोही आरोपमा उनलाई हटाइएको हुनसक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।