काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आउँदा उडान तथा अवतरणमा समस्या आएको छ।
मंगलबार बिहानदेखि भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आउँदा उडान तथा अवतरणमा समस्या आएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। अहिले प्राविधिकहरुले मर्मतका लागि प्रयास गरिरहेका छन्।
एरिया एप्रोचको पावर सप्लाईमा समस्या आउँदा भिएचएफमा समस्या आएको क्षेत्रीले बताए। यो समस्याका कारण दुई घन्टादेखि उडान प्रभावित भएको उनको भनाइ छ।
काठमाडौं उपत्यकाभित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भिसिसिएस उपकरण चाहिने उनले बताए।
बिहान ८ः४५ बजे भिएचएफमा एक्कासि समस्या आएपछि उडान अवरुद्ध भएको उनको भनाइ छ। भिएचएफ मर्मत गरेपछि अहिले आंशिक उडान सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।