• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

साढे ४ वर्षमै उपत्यकामा ५ वटा घर, अर्काकी श्रीमतीको खातामा लुकाए पैसा

64x64
नेपाल लाइभ सोमबार, पुस २३, २०७५  १९:३४
1140x725

काठमाडौं- नेपाल आयल निगमका पूर्व प्रबन्ध निर्देशक गोपालबहादुर खड्का अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अकुत सम्पत्ति आर्जन गरेका थापाविरूद्ध सोमबार अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ। बिगो र जरिवानासहित ३७ करोड ३२ लाख रुपैयाँ दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

यसअघि भ्रष्‍टाचारका विभिन्न काण्डमा मुछिँदै आएका खड्का पछिल्लो समय निगमले इन्धन भण्डारणका लागि गरेको जग्गा खरिदमा मुछिएका थिए। 

३३ वर्षको भन्दा साढे ४ वर्षकै कमाइ बढी
पछिल्लो समय खड्काले अस्वभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिन्छ। करिब ३३ वर्ष सरकारी सेवामा रहँदा पनि कमाउन नसकेको सम्पत्ति उनले आयल निगममा प्रवेश गरेपछि साढे ४ वर्षमा नै कमाएको देखिन्छ। 

सडक विभागमा रहँदा र खासगरी आयल निगमको प्रमुख भएयता खड्काले अस्वभाविक सम्पत्ति आर्जन गरे। अकुत रुपमा सम्पत्ति आर्जन गरेको विषयमा विवाद बढेपछि उनलाई गत २ असोज ०७४ मा मन्त्रिपरिषद्ले बर्खास्त गरेको थियो। तर, खड्काले गत २४ जेठमा मात्र सरकारलाई राजीनामा बुझाएका थिए। 

सरकारी सेवामा प्रवेश गरेयता ०६९ सालसम्म उनले कुल ८ करोड ६४ लाख रुपैयाँ आय गरेको देखिएको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ। उनी ०३६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी सुरुमा ओभरसियरका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। 

अख्तियारले २ चैत ०६९ सम्म र त्यसयताको अवधिमा गरी  दुई कालखण्डका आधारमा अनुसन्धान गरेको थियो। 

यो पनि पढ्नुहोस् : आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का विरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा दायर

०६९ सालयता भने खड्काको सम्पत्ति अस्वभाविक रूपमा बढेको देखिन्छ। त्यसयता मात्रै उनले ७ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको देखिएको छ। उनले पारिश्रमिकबाट ४० लाख ५७ हजार रुपैयाँ र जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, ऋण सापटीबाट ५ करोड ३३ लाख रुपैयाँ र घर भाडाबाट १३ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको देखिएको छ। त्यस्तै, सरकारी सेवाबाट अवकास हुँदा प्राप्त गरेको आर्थिक सुविधा २९ लाख २२ हजार रुपैयाँ, पेन्सनबाट १४ लाख ७८ हजार रुपैयाँ, विप्रेषण आयबाट ८ लाख २६ हजार रुपैयाँ, गाडी बिक्रीबाट ३५ लाख रुपैयाँ, छोराबुहारीको पारिश्रमिकबाट ११ लाख रुपैयाँ आर्जन गरेको अख्तियारको दाबी छ। 

त्यसअघि ३३ वर्षमा उनको आय ८ करोड ६४ लाख रुपैयाँमात्र देखिएको दाबी अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

साढे ४ वर्षमै उपत्यकामा ५ वटा घर!
खड्काले ०६९ सालयतामात्रै ३ वटा घर बनाइसकेको देखिएको छ भने थप २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको अख्तियारको अनुसन्धानले देखाएको छ। यसबाहेक सोही अवधिमा उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको दाबी अख्तियारको छ। 

उनले घरजग्गा खरिदमा मात्रै ११ करोड ६१ लाख खर्च गरेको देखिएको अख्तियारले जनाएको छ। त्यस्तै, विभिन्न कम्पनीको सेयर १ करोड ६ लाख रुपैयाँ, ऋणको साँवाब्याज भुक्तानीमा ४ करोड २२ लाख रुपैयाँ, व्यक्तिगत रूपमा दिएको सापटी भुक्तानीमा १ करोड २५ लाख रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोगमा १ करोड १७ लाख रुपैयाँ खर्च गरेको देखिएको अख्तियारको आरोपत्रमा उल्लेख छ। 

Xtrem

Xtrem

त्यस्तै, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार रुपैयाँ, गाडी खरिदमा १ करोड १७ लाख रुपैयाँ विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटमा खर्च गरिएको समेतका रकम १ करोड ८० लाख र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा २ करोड ७१ लाख रुपैयाँ मौज्दात देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख  छ। 

३८ वर्षमा कमाए सवा २७ करोड, साढे १८ करोड अवैध 
सार्वजनिक सेवामा प्रवेश गरेयता खड्काले २७ करोड ३० लाख रुपैयाँ आय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। त्यसमा करिब ८ करोड ६४ लाख रुपैयाँ आयको मात्र स्रोत खुलेको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ। स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो। 

अरुकी श्रीमतीका नाममा समेत लुकाए पैसा 
खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्ति श्रीमती तथा अन्य व्यक्तिका नाममा लुकाउँदै आएको दाबी अख्तियारको छ। उनले कुष्णबहादुर लामाकी छोरी, दीपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र आफ्नै श्रीमती शर्मिला खड्काको नाममा उक्त सम्पत्ति लुकाउँदै आएका थिए। उनीहरूको पनि सम्पत्ति जफत हुने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ। 

खड्काले अमिता लामा सोदेम्बाको नाममा ७ करोड ५४ लाख रुपैयाँ सम्पत्ति लुकाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

लामाको नाममा रहेको एनएमबी र सिटिजन्स बैंकका खाताहरूबाट खड्काले नै कारोबार गर्ने गरेको दाबी अख्तियारको छ। 

सधैं विवादित 
खड्का सरकारी सेवामा रहँदा सँधै विवादित बनिरहे। पछिल्लो समय निगमले सातै प्रदेशमा इन्धन भण्डारणस्थल बनाउने भन्दै अघि बढाएको आयोजनामा जग्गा खरिद गर्दा एक अर्बभन्दा बढी घोटाला भएको आरोप लागेको छ। करिब ५ अर्ब रुपैयाँको जग्गा खरिद प्रकरणमा खड्काको भूमिका मुख्य रहेको आरोप लाग्दै आएको छ। 

खड्का २०५१ सालमा स्थानीय विकास मन्त्रालयमा इन्जिनियर, ०५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष प्रहरी हुँदै ०६१ मा सडक विभागमा सिनियर डिभिजनल इन्जिनियर बनेका थिए। उनी ०६७ सालमा डिभिजन सडक काठमाडौंको प्रमुख बने। सडक विभागमा आएदेखि नै उनी विवादित हुन थालेका हुन्। 

करिब ३५ वर्ष सार्वजनिक सेवामा रहेका खड्का १४ माघ ०७१ मा निगम प्रमुखको नियुक्ती पाएका थिए। निगम प्रमुखको जिम्मेवारी सम्हालेसँगै खड्का अनियमितताका विभिन्न काण्डमा मुछिए। 

भारतले लगाएको नाकाबन्दीका समयमा कालोबजारी गरेर तेल बिक्री गरेको, नयाँ पेट्रोल पम्प खोल्न गैरकानूनी अनुमति दिएको, नयाँ ग्यास बुलेट सञ्चालनका लागि अनुमति दिँदा घोटाला गरेको, पेट्रोलियम ट्यांकर खरिद अनुमति दिँदा अनियमितता गरेकोलगायतका थुप्रै आरोप उनीमाथि लाग्दै आएको छ। 

नाकाबन्दीका समयमा तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन तस्करीमा संलग्न रहेको बताउँदै उनलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिले खड्कालाई १९ मंसिर ०७२ मा कारबाही सिफारिस गरेको थियो।

सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: सोमबार, पुस २३, २०७५  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्