काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा दोस्रो भएको संकटा क्लब अन्तिम खेलमा पराजित भएको छ। संकटालाई लिगको अन्तिम खेलमा सशस्त्र प्रहरी बलले २–१ गोलले हराएको हो।
२४ मिनेटमा सशस्त्रले खेलमा अग्रता लियो। सशस्त्रका लागि युवराज खड्काले गोल गरे। उनले संकटाले काउन्टर आक्रमणमा लगेको बल मध्यबाट खोसेर अघि बढाएका थिए। खड्कालाई रोक्ने संकटाका डिफेन्डर र गोलकिपर असफल भए।
७१ मिनेटमा संकटाले दोस्रो गोल गर्यो। राजेन्द्र रावलको फ्रिकिकमा राजन गुरुङले हेडमार्फत गोल गरेका थिए।
६ मिनेट थपिएको इन्जुरी टाइममा संकटाले गोल फर्कायो। इन्जुरी टाइमको इन्जुरी टाइममा लक्ष्मण रुचालले फ्रिकिकमा गोल गरेका थिए। तर त्यतिबेला सम्म संकटालाई खेलमा फर्कन ढिला भइसकेको थियो।
योसँगै सशस्त्रले १३ खेलबाट २३ अंक जोडेर पाँचौ स्थानमा रहँदै लिग अन्त्य गर्यो। दोस्रो स्थानको संकटाले २८ अंक जोड्यो।
अब लिगको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स तथा एनआरटी र ब्रिगेड व्बाइजबीच प्रतिस्पर्धा हुनेछ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।