जुम्ला – नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामकृष्ण बुढ्थापाले पार्टीबाट राजीनामा दिए।
बुढ्थापाले कात्तिक ५ गते मनोनयन दर्ताको दिन पार्टीबाट राजीनामा दिएका हुन्। उनले यसअघि नयाँ शक्तिबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिए। पार्टीको सिद्धान्त समाजवाद उन्मुख नभएको र प्रजातान्त्रिक धारको काँग्रेससँग तालमेल गरेका कारण आफूले नयाँ शक्तिबाट साधारण सदस्यसम्म नरहने गरी राजीनामा दिएको उनले बताए।
“मैले नयाँ शक्ति पार्टीमा मात्र सीमित नभई नेपालका सम्पूर्ण वामपन्थीको सल्लाहकार हुन चाहेको छु” – उनले भने।
यद्यपि अहिले स्वतन्त्र वामपन्थी बुद्धिजीवीको भूमिकामा काम गर्ने बताए।
संसद्ले ऐन कानून बनाउने भए पनि अब बन्ने सरकार जनताबाटै चुनिनुपर्नेमा उनको जोड थियो । बुढ्थापाले जिल्ला समितिमार्फत केन्द्रीय समितिमा राजीनामा स्वीकृतिका लागि पत्र पठाइएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।