दुबई- भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्री हाल फुटबल जीवनमा सक्रिया रहेका फुटबलर मध्ये सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्। क्षेत्रीले युएईमा भइरहेको एएफसी एसियन कपको आफ्नो पहिलो खेलमा २ गोल गरेर अर्जेन्टाइन फरवार्ड मेसीलाई पछि पारेका हुन्।
क्षेत्रीले आइतबार भएको समूह 'ए' को खेलमा थाइल्यान्डविरुद्ध २ गोल गरेका हुन्। २ गोल गरेसँगै क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्या ६७ पुर्याए। मेसीको अन्तर्राष्ट्रिय गोल संख्या ६५ छ। हाल सक्रिए रहेका फुटबलर मध्ये बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन्। रोनाल्डोले अहिलेसम्म ८५ गोल गरिसकेका छन्।
कप्तान क्षेत्रीको २ गोलसँगै भारतले एसियन कपमा सानदार सुरुवान गर्न सफल भयो। भारतले थाइल्यान्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। भारतले एसियन कपमा पहिलो जित हात पारेको हो। एसियन कप सुरु भएको ५५ वर्षमा भारतले जित निकाल्न सकेको थिएन।
कप्तान क्षेत्रीले खेलको २७ मिनेटमा पेनाल्टीमा गोल गर्दै भारतलाई पहिले अग्रता दिलाए। तर ३३ मिनेटमा थाइल्यान्डका टेरासिल डाङ्डाले बराबरी गोल फर्काए।
दोस्रो हाफ सुरु भए लगत्तै क्षेत्रीले टिमका व्यक्तिगत दोस्रो गोल गरेर भारतलाई दोस्रो पटक अग्रता दिलाएका थिए। खेलको ६८ मिनेटमा अनिरुध थापाले भारतका लागि तेस्रो गोल गरेका थिए। सब्सिच्युट खेलाडी जेजेले ८० मिनेटमा चौथो गोल गर्दा भारत सानदार जिततर्फ अघि बढेको थियो।
समूह 'ए' को अर्को खेलमा आयोजक युएईलाई बहराइनले १-१ गोलको बराबरीमा रोकेको थियो।
यता समूह 'बी' को खेलमा प्यालेस्टाइन र सिरियाले गोलरहित बराबरी खेलेका छन्। यो समूहको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई जोर्डनले १-० गोलले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।