म्याड्रिड- स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिडको खराब प्रदर्शन जारी छ। रियललाई आइतबार राति उसैको घरेलु मैदानमा रियल सोसिडाडले २-० गोलले पराजित गर्यो।
खेलको तेस्रो मिनेटमै डा सिल्भाले पेनाल्टीमा गोल गरेर सोसिडाडलाई अग्रता दिलाए। ८३ मिनेटमा पार्डोले अर्को गोल गरेपछि रियल घरेलु मैदानमा स्तब्ध बनेको हो।
यता लिगको शीर्ष स्थानको बार्सिलोनाले गेटाफालाई २-१ गोलले पराजित गरेको छ। बार्सिलोनाका लागि लिओनल मेसीले २० र लुइस सुआरेजले ३९ मिनेटमा गोल गरेका थिए।
यता लिगको दोस्रो स्थानको एट्लेटिको म्याड्रिड र तेस्रो स्थानको सेभिल्लाबीचको खेल १-१ गोलको बराबरीमा सकिएको हो।
शीर्ष स्थानको बार्सिलोनाले १८ खेलबाट ४० अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिकोको ३५ अंक छ भने सेभिल्ला ३३ अंक जोडेर तेस्रो स्थानमा छ। अलाभेस ३१ अंकसहित चौथो र रियल म्याड्रिड ३० अंक जोडेर पाँचौ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।