रसुवा– रसुवाका उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले मंसिर १० गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन अवधिभर निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यक्रममा दलका प्रतिनिधि र उम्मेदवारहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
आचारसंहिताबारे जानकारी लिएपछि दलका प्रतिनिधि तथा उम्मेदवारहरुले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा उम्मेदवारहरुले आचारसंहिताको अक्षरशः पालना गर्ने भन्दै निर्वाचन अवधिभर सुरक्षाको अनुभूति हुनुपर्ने माग गरेका थिए।
मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रसुवामा प्रति११ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा क मा ७ जना र प्रदेश सभा ख मा ५ जना गरी जम्मा २३ जनाले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।