म्यानचेस्टर- इंग्लिस एफए कप फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटीले तेस्रो चरणको खेलमा रोथेर्हाम युनाइटेडमाथि सानदार जित हात पारेको हो। आइतबार राति भएको खेलमा सिटीले ७-० को जित निकाल्दै चौथो चरणमा स्थान पक्का गरेको हो।
सिटीका लागि स्टर्लिङले १२ मिनेटमा पहिलो गोल गरे। फोडेनले ४३ मिनेमा दोस्रो गोल गर्दा रोथेर्हामका अजयीले पहिलो हाफको इन्जुरी टाइममा आफ्नै पोस्टमा गोल गरे।
सिटीका लागि ग्राबियल जेससले ५२ मिनेटमा, महारेजले ७३ मिनेटमा, ओटामेन्डिले ७८ मिनेट र लिरोए सानले ८५ मिनेटमा गोल गरे।
प्रतियोगिताका अन्य खेलमा ओल्डहामले फुलहामलाई २-१, मिनवालले हल सिटीलाई २-१, क्युपिआरले लिड्सलाई पनि २-१ र न्यु पोर्टले लेस्टर पनि समान २-१ गोलले नै हराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।