एजेन्सी– एएफसी एसियन कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया पहिलो खेलमा पराजित भएको छ।
अस्ट्रेलियालाई जोर्डनले आइतबार भएको समूह 'बी' को खेलमा १–० गोलले पराजित गरेको हो।
जोर्डनको जितमा डिफेन्डर अनास बानी यासिन नायक सावित भए। उनले खेलको २६औं मिनेटमा गरेको गोल निर्णायक बन्दा अस्ट्रेलिया स्तब्ध बनेको हो।
३० वर्षीय डिफेन्डरले हेडमार्फत गोल गरेपछि अस्ट्रेलियाले गोलका लागि जोडर्नमाथि दबाब दिएको थियो। तर अस्ट्रेलियाका फरवार्डले जोर्डनका गोलकिपर अमेर साफीलाई कटाउन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।