पोल्याण्ड– हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परि पाँच किशोरीको मृत्यु भएको छ।
पोल्याण्डको उत्तरी क्षेत्रमा रहेको एउटा घरको बन्द कोठाभित्र रहेका बेला हिटरमा समस्या उत्पन्न भएपछि भएको आगलागीमा परि उनीहरुको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएका छन्।
कोस्जालिन सहरमा शुक्रबार आगलागीको घटना भएको हो। करिब १५ आसपासमा ती किशोरीहरुको शव उद्धारकर्ताहरूले निकालेका छन्।
अग्नी नियन्त्रकहरूले ती किशोरीहरु मध्ये एक जनाको जन्मदिन परेकाले जन्मोत्सव मनाउनेक्रममा आगलागी भएको बताएका छन्। उनीहरु ढोका लगाएर कोठा भित्र खेलिरहेका थिए।
घटनामा परि डडेर घाइते भएका एक जना २६ वर्षीय व्यक्तिलाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
हिटरनजिकै रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
आगलागीबाट घर भित्रका सामानहरुमा समेत क्षति पुगको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।