कायरो– इजिप्टमा शनिबार एक चर्चको बाहिरी इलाकामा रहेको विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा एक प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
इजिप्टको कायरो सहरको सीमा इलाकामा रहेको नासर सहरमा अवस्थित चर्चको बाहिरी इलाकामा रहेको उक्त विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा भएको विस्फोटमा परि अन्य दुई प्रहरी घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।
एउटा झोलामा लुकाएर राखिएको सो विस्फोट पदार्थ प्रहरीले फेला पारेका थिए। सो झोलामा रहेको बम फेला पार्ने मुस्ताफा आबिद नाम गरेका ती प्रहरी बम निष्क्रिय कार्यका विषेशज्ञ थिए।
उनी नै सो बम निष्क्रिय बनाउने क्रममा मारिएका हुन् ।
इजिप्टको जनसङ्ख्यामा १० प्रतिशत रहेका क्रिश्चियन समूदायमाथि बारम्बार इस्लिामिक स्टेट्स (आइएस) लडाकू समूहले आक्रमण गर्दै आएका छन्।
सोही कारण अहिलेको राखिएको विस्फोटक पदार्थमा पनि उनै समूहको हात हुनु पर्ने प्रहरीको अनुमान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।