धनगढी- कैलालीको मोहन्याल गाउँपालिका –७ मा रहेको पर्यटकीय स्थल पितमारीमा सोमबार पिकनिक खान गएका दुई बालबालिकाको ज्यान गएको छ । उनीहरुको कर्णाली नदीमा डुबेर मृत्यु भएको हो।
लम्कीचुहा नगरपालिका २ गणेशपुरका १५ वर्षीय चक्र धमला र सोही ठाउँकी १० वर्षीया बालिका शर्मिला धमलाको दिउँसो पौडी खेल्न नदीमा पस्दा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
केही दिनअघि कर्णाली नदीमै डुबेर कैलालीको टीकापुरका २ युवकको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।